शनिबार, वैशाख २२
०२:२४

स्थापना दिवसका अवसरमा शुलभ साकोसद्वारा विविध कार्यक्रम आयोजना 

शुक्रबार, भदौ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

परासी । बर्दघाट–७, जिमिरेभारस्थित शुलभ बचत तथा ऋण सहकारी संस्था लि. ले विविध कार्यक्रमको आयोजना गरी ११ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा हिजो स्थापना दिवस मनाईएको हो ।

प्रमुख अतिथि नेफ्सकूनका बरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ ले सदस्य र समुदायमा पारेको प्रभावको सम्बोधनका लागि संस्थाले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । कुनै पनि संस्थाले गतिलिन अध्यक्ष र व्यवस्थापकको महत्वपूर्ण भूमिका रहने बताउँदै संस्था सञ्चालनमा नीति, विधि र प्रविधि प्रयोगमा जोड दिन अनुरोध समेत गर्नुभएको थियो ।  

बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा आयोजित कार्यक्रमका बीच संस्थाले कोभिड १९ सँग जुधिरहेका र कोभिड परास्त गरिसकेका सदस्यहरुलाई पौष्टिक आहार प्रदान गरेको थियो । त्यसैगरी कोभिड–१९ का कारण मृत्युवरण गरेकाहरुको परिवारलाई सहयोग स्वरुप जनहि ५ हजारका दरले नगद सहयोग समेत प्रदान गरेको थियो ।

त्यसैगरी संस्थावाट ऋण लिएकाहरुलाई समेत ऋणको ब्याजमा केहि प्रतिशत छुट्को ब्यवस्था गरिएको संस्थाका व्यवस्थापक लक्ष्मी तिवारीले जानकारी गराउनुभयो ।  

सोही अवसरमा संस्थाले बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको  प्राङ्गणमा फलफूलका विरुवाहरु रोप्ने कार्य समेत गरेको थियो । 

२०६७ साल भदौं ३ गते १ सय १ जना सदस्य सहित दर्ता भएको शुलभ बचत तथा ऋण सहकारी संस्थामा हाल १ हजार १ सय ५३ जना सदस्य र कुल वासलात ६ करोड ३३ लाख रहेको व्यवस्थापक तिवारीले जानकारी गराउनुभयो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र