शनिबार, वैशाख २२
०८:१९

सहकारी व्यवस्थापक कोर्षको दोस्रो व्याचको कक्षा प्रारम्भ 

बिहीबार, भदौ ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेफ्स्कूनले सहकारी व्यवस्थापक कोर्षमा दोस्रो व्याचको कक्षा आजबाट प्रारम्भ गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धन प्राप्त सहकारी व्यवस्थापक कोर्षको दोस्रो चरणमा नेफ्स्कूनले २० जनालाई प्रवेश परीक्षामा छनौट गरी अनलाईन मार्फत कक्षा सञ्चालन गरेको हो । दोस्रो चरणको व्यवस्थापन कोर्षको औपचारिक शुभारम्भ एव्म अभिमुखीकरण हिजो सम्पन्न भई आजबाट कक्षा सञ्चालनमा आएको हो ।   

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी व्यवस्थापक विषयक कक्षाका दोस्रो सत्रमा सहभागी प्रशिक्षार्थीहरुलाई हिजो आयोजित भर्चुअल कार्यक्रममार्फत स्वागत गर्नुभएको थियो । अध्यक्ष पौड्यालले, नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापक कोर्षको पठनपाठनसँग प्रशिक्षार्थीहरुको गुणस्तर प्रमाणीकरण साथसाथै सीप विकास र कार्यशैली विकासको चरणले सफलता प्राप्त गर्ने, त्यो नै समग्र अभियानको सफलतासँग जोडिने विचार व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले शिक्षा तथा तालिमको माध्यमबाट सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणमा सहकारी व्यवस्थापक कोर्ष कोशेढुंगा सावित हुने बताउनुभएको थियो । सिकाई निरन्तरको प्रक्रिया हो, दीगो वित्तीय सहकारी निर्माण गर्न एवम् सहकारीमा दक्ष सीपयुक्त जनशक्ति विकास गर्न तालिम उपयुक्त हुने विचार व्यक्त गनुृभएको थियो । 

६ सय घण्टाको छोटो अवधिको तालिम अन्तर्गतको सहकारी व्यवस्थापक कोर्ष कम्तिमा ९ महिनाको अवधिमा सम्पन्न हुनेछ । नेफ्स्कून र सीटीईभीटीले तयार पारेको पाठ्यक्रममा सहकारी परिचय, योजना निर्माण, सुशासन, भौतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, बस्तु तथा सेवाको विकास, प्रवर्धन र बजारीकरण, जोखिम व्यवस्थापन गरी १५ वटा विषयहरु तय गरी सैद्धान्तिक र व्यावहारिक पाठ्यभार छुट्याईएको छ ।

नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सीनाले सञ्चालन गर्नुभएको अभिमुखिकरण कार्यक्रम सहजीकरण संघका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत सुमन राज घिमिरे गर्नु भएको थियो । भर्चुअल कक्षामा सहभागी प्रशिक्षार्थीहरुले सहकारीको पृष्ठभूमिसहित आआफ्नो परिचय प्रस्तुत गर्नुभएको थियो भने सहकारी व्यवस्थापक तालिमको माध्यमबाट प्राप्त ज्ञान सीपले संस्थालाई स्तरीय, प्राविधिमैत्री र गुणस्तर प्रमाणिकृत बनाउन सबल व्यवस्थापकीय नेतृत्व हासिल हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गर्नुभएको थियो । कोभिड १९ महामारीको विद्यमान परिस्थितिका कारण नेफ्स्कूनले यस बर्षको सहकारी व्यवस्थापक कोर्षको सुरुवाती कक्षा पनि भर्चुअल माध्यम मार्फत गर्ने तयारी गरेको हो । कोर्षका ८० प्रतिशत कक्षा व्यवहारिक र बाँकी २० प्रतिशत मात्र सैद्धान्तीक कक्षा हुनेछन् भने कोर्ष अभौतिक रुपमा विहान ७ बजे देखि ९ बजे सम्म सञ्चालन हुनेछ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र