शुक्रबार, वैशाख १४
०९:२२

सदस्यहरूका लागि चन्द्रागिरि साकोसको नयाँ सेवा आजबाटै सुरु

बुधबार, साउन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि जारी गरेको मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानी सेवा आजैबाट सुरु भएको जानकारी गराएको छ । साकोसले हिजोमात्रै संस्थाका सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानी साकोसबाटै गर्न सक्ने गरी नयाँ सेवाको सुरुवात गरेको थियो । उक्त सेवा सञ्चालनको लागि स्मार्ट सर्भिस इन प्रा. लि. र चन्द्रागिरि साकोस बीच द्विपक्षीय सम्झौता भएको थियो भने सो सम्बन्धी व्यवस्थापनका लागि कार्यालयमा छु्ट्टै स्मार्ट काउन्टर समेत स्थापना गरिने साकोसले जनाएको थियो । 

उक्त सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब चन्द्रागिरि साकोसकै कार्यालयबाट हुन्छ, जुन सेवा हामीले आजैबाट सुरु गरेका छौं । साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले भन्नुभयो, “मानिसहरुको व्यस्त दैनिकीका कारण सवारी कर भुक्तानी तथा नविकरणमा हुने ढिलाई र जरिवाना व्यहोर्नुपर्ने समस्या समाधान गर्न सदस्यहरुलाई सहज होस् भन्ने उद्देश्यले उक्त सेवा सुरुवात गरिएको हो ।” 

साकोसले मोटरसाइकल तथा गाडीहरुको ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी तथा बिमालेख जारी गराउने कार्य आजैबाट साकोसमार्फत गर्न सकिने कुरा सदस्यहरुलाई जानकारी गराएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र