एजेन्सी । संयुक्त अधिराज्य अमेरिकाका उत्कृष्ट बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) को सूची सार्वजनिक भएको छ । विश्व प्रसिद्ध फोब्स म्यागजिनले अमेरिकाका हरेक राज्यका उत्कृष्ट क्रेडिट युनियनको सूची सार्वजनिक गरेको हो ।
अमेरिकामा हाल ५ हजार ६८ क्रेडिट युनियनहरुमा १२ करोड ५० लाख सदस्य आबद्ध छन् । ती क्रेडिट युनियनहरुको कुल सम्पत्ति २ ट्रिलियन अमेरिकी डलर रहेको जनाइएको छ । क्रेडिट युनियनहरुलाई विभिन्न आधारमा उत्कृष्ट तय गरिएको म्यागजिनले जनाएको छ । विश्वास, सेवाका आधारहरु, सेवा केन्द्रहरुको गतिविधिहरु, प्रविधि सेवा तथा वित्तीय परामर्श गरी ५ वटा सूचकहरु निर्धारण गरी उत्कृष्ट छनोट गरिएको हो ।