शनिबार, वैशाख ८
०५:३२

स्थिरीकरण कोषमा वर्तमानको योगदानले हामी समृद्ध भविष्य निर्माण गर्नेछौं

शुक्रबार, असार २५
रञ्जनमणि पौड्याल
saccosaawaj

(सहकारी ऐन २०७४ को दफा १०३ मा बचत तथा ऋण विषयगत संस्थाको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिली एक स्थिरीकरणकोषखडागर्नसक्नेउल्लेखछभने उपदफा ३ले स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था गरेको छ।उक्तनियमावलीको नियम ७४, (२) (क) अनुसार कोष सञ्चालन समितिको अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अध्यक्ष तथा (ञ) अनुसार नेफ्स्कूनको कार्यकारी प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ।

ऐनमा व्यवस्थाभएबमोजिम बचत तथा ऋण सहकारीहरुको एक मात्र केन्द्रीय निकाय नेफ्स्कूनले यसको कार्यालय सञ्चालमाल्याएको छ भने बचत ऋण सहकारीहरुबाट पनि योगदान रकमथपिदै छ । यद्यपि, सहकारी नियमावलीको नियम ७४ (४) बमोजिम कोष खडा गर्न आवश्यकन्यूनतम १० करोड रुपैयाँको जोहो नभइसेकेकोले फुल्लि फङ्सनल हुन नसकेको अवस्था छ । यसै सन्दर्भमा स्थिरीकरण कोष सञ्चालन समितिका अध्यक्ष परितोष पौड्यालसँग यसको औचित्य, हालसम्म भएको योगदान र कामहरु, अबको योजना आदिबारे साकोस आवाजले गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छः)


स्थिरीकरण कोषमा सहभागिता किन भन्ने आधारभूत प्रश्नबाटसुरु गरौं । अझै पनि धेरै बचत ऋण सहकारीहरुलाई यसको औचित्य प्रष्ट पार्नु आवश्यक देख्नुहुन्छ ?
एकदम ठीक कुरा हो । विश्व इतिहासमा स्थिरिकरण कोषको अवधारणा र अभ्यास धेरै वर्ष पहिले भएतापनि नेपालको सन्दर्भमा एसियाली ऋण महासंघको अन्तराष्टिय सहकारी वर्ष सन २०१२ को मलेसिया फोरम पछि नेफ्स्कूनले छलफलमा ल्यायो । मुलुकभर जागरण अभियान सन्चालन गर्यो र वचत तथा ऋण सहकारीले यसलाई आत्मसात गर्यो । नीति निर्माता लगायत  सरोकारवालाहरुसँग औपचारिक अनौपचारिक छलफलहरु हामीले चलायौं । परिमाणमतः सहकारीको कानुनी संहितामा यसलाई सम्बोधन गरियो  यद्यपि, यसको औचित्य, विशेषता र उपलब्धिका विषयबाट आज अन्तर्वार्ता सुरु गर्नु सान्दर्भिक नै हुन्छ । 

बित्तीय सहकारी अभियानको सुरक्षा कोषको रुपमा स्थिरिकरण कोष एक नवीन सोचको रुपमा देखा पर्यो । यसलाई सहकारी ऐन २०७४ सम्बोधन गरेको छ । वित्तीय सहकारीका चार सिद्धान्त मध्ये सुरक्षा र प्रभावकारीताको सिद्धान्तको जगमा कोषको परिकल्पना गरिएको छ । संस्थाको सुरक्षा र प्रभावकारीताको लागि विश्व सहकारी आन्दोलनमा वित्तीय क्षेत्रको दुई आधारहरु सहकारी संस्थाहरुमा स्तरीकरण कार्यक्रम र अभियानको स्थिरीकरण कोषलाई परिभाषित गरिएको छ । स्तरीकरण र स्थिरिकरण विश्व सहकारी आन्दोलनको नविन सोचको रुपमा विकास भइरहेका छन । वित्तीय सहकारीहरुको स्थापना र यसको प्रभावकारी परिचालनको माध्यमबाट वित्तीय सुरक्षा प्रदान गरी बचत तथा ऋण सहकारी संस्थाहरुलाई सवल र सुदृढ स्थायित्व कायम गर्दै अभियानमा आबद्ध संस्थाहरुको छवि उच्च राख्नु स्थिरिकरण कोषको प्रमुख भूमिका हो । 

साकोस अभियान प्रति जनविश्वास वढाई सदस्यहरुको बचतको सुरक्षा र बचत फिर्ताको सुनिश्चिता प्रदान गर्न आधुनिक व्यवस्थापनका औजारहरुवाट साकोस व्यवस्थापनलाई सुरक्षित र भरपर्दो बनाई साकोसमा वित्तीय संकट Financial Crisis आउन नदिन, आएमा सुरक्षा प्रदान गर्न कोषले कार्य सन्चालन गर्नु पर्दछ । कोषले साकोसका सम्भावित जोखिम व्यवस्थापन गर्ने उत्कृष्ट प्रविधि हस्तान्तरण गरी वित्तीय संकटको समयमा अल्पकालीन सापटी सहयोग प्रदान गरी साकोसहरुलाई टाट पल्टनवाट जोगाउनु पर्दछ । स्थिरीकरण कोषले संस्थाको क्षमता विकास र सुशासन मार्फत सदस्य संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणालीका लागि आवधिक अनिवार्य अनुगमनलाई मजबुत वनाउनु पर्दछ । अभियानले संस्थाहरुको आपसी सहयोग, स्वशासन, स्वउत्तरदायित्वको आधारमा वित्तीय सहकारी अभियानको सुरक्षाको प्रत्याभूति र विश्वास सिर्जना गर्नुपर्दछ । कोषले अन्तरसम्वन्धित र सञ्जालिकृत सहकारी अभियान स्थापित गरी सवै किसिमका दुर्घटनाबाट वित्तीय प्रणालीको आधारभुत चारवटा पक्षहरुः वचाउ, संरक्षण, विकास र व्यवस्थापनको उत्तरदायित्व लिने विषय विद्यमान कानुनी संहिताले परिभाषित गरेको छ । हामीले यसलाई आत्मसात गरिरहेका छौं ।

सहकारी ऐन र नियमावलीमा सम्बोधनभएको स्थिरीकरण कोष खासमा एककालागि सबै र सबैको लागिएकको अवधारणामा बचत तथा ऋण सहकारी संस्थाहरुको संरक्षणका लागिआवश्यक सुरक्षा कवच हो । यो कोष बचत तथा ऋण सहकारीहरुको योगदानकाआधारमा स्थापना हुने र बचत तथा ऋण सहकारी संस्थाहरुकै संरक्षणमा परिचालन गरिने भएकोले ‘हामीद्वारा हामीले हाम्रै लागि स्थापना र सञ्चालन गर्ने कोष हो ।’ सहकारी संस्थाको विश्वसनीयता, दिगोपना र गुणस्तरीयताका लागि बलियो जगेडा कोष अत्यावश्यक हुन्छ, त्यसैगरी, सबै बचत तथा ऋण सहकारीहरुको विश्वसनीयता, दिगोपना र गुणस्तरीयताकालागि सबैको योगदानमाआधारित स्थिरीकरण कोष आवश्यक पर्दछ ।

 बचत ऋण सहकारी संस्थामा सम्भावितव्यवस्थापकीय समस्याको समयमा तरलता सापटी लिन, पुनसञ्चालनखर्च सापटी तथादायित्वभुक्तानी सापटी प्राप्त गर्न, योगदान गरेको रकमको दश गुणा सम्म तरलता सापटी लिनपाइने व्यवस्थायसमा छ । यो कोष नेफ्स्कूनको नेतृत्वमा नेपाल सरकारका जिम्मेवार निकायतथा आबद्ध साकोसहरुको प्रतिनिधित्वमा सञ्चालन हुन्छ भने कोषको रकम केन्द्रीयबिषयगत संघ वा नेपाल सरकारले अन्य उद्देश्यमा परिचालन गर्न सक्दैन । कोषमा संकलन भएको रकम संस्था संरक्षण र व्यवस्थापनमा बाहेक अन्यत्र खर्च गर्ने सम्भावना छैन । यसमा आबद्धतासम्बन्धी व्यवस्था समेत सरल छ । यी बिशेषता बोेकेको कोष भएकाले सबै बचत ऋण सहकारीहरुले भोलिका अनपेक्षित भवितव्यहरुबाट जोगिन अहिले नै पूर्व तयारी गर्ने अभियानमा जोडिनुपर्छ भन्ने मलाई लाग्छ । यो साकोस संयुक्त जगेडा कोष हो र संस्थाहरुलाई सम्भावित दुर्घटनाबाट रोक्ने अचुक उपाय हो । 

यतिमात्र होइन, असल अन्तर्राष्टिय अभ्यासहरुलाई हेर्ने हो भने पनि बचत तथा ऋण सहकारीहरुको दिगोपना, विश्वसनीयता र गुणस्तरीयताका दुईवटा प्रमुख आधार र आयामहरु छन्ः स्थिरीकरण र स्तरीकरण । नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमहरुले संस्थालाई सही दिशाबोध गराउँदछ, सुशासित बनाउँदछ भने कामगर्दा गर्दै कुनै भवितव्य आइपर्यो भने स्थिरीकरण कोषले सुरक्षा कवचको काम गरी सेफ ल्यान्डिङ गराउँदछ । बचत तथा ऋण सहकारी संस्थाको शुद्धीकरण र सुदृढीकरणमा स्तरीकरण र स्थिरीकरणकोष प्रभावकारी हुन्छ ।  विश्वव्यापी दर्शनको एक दशकको अभ्यासपछि हामीले नेपालमा स्तरीकरण कार्यक्रमलाई आन्तरिकीकरण गर्यौं भने हाम्रै पहलमा ऐनमा आंशिक रुपमा भएपनि स्थिरीकरण कोषको विषयले प्रवेश पाएको यर्थाथ हो ।  स्तरीकरण कार्यक्रमले सुशासन कायम गरेको छ, त्यसलाई निरन्तरता दिन अब सबै नै स्थिरीकरण कोषमा जानुपर्छ।

अहिले कोषको अवस्था कस्तो छ ?
नेपाल सरकारको २०७६ साल मंसिर५ गतेको मन्त्रीस्तरी यनिर्णयले स्थिरीकरण कोषको स्थापना तथा सञ्चालन कार्यविधि २०७६पारित गरी मंसिर ९ गते मन्त्रालयबाट जारी भएको थियो। कार्यविधि जारी भएपछि हामीले २०७६माघ २७ गते काठमाडौंमा प्रारम्भिक भेला (राष्ट्रिय गोष्ठी) गरी २सय ९२ संघ संस्थाबाट कोषमा सहभागिता जनाउने प्रतिबद्धता प्राप्त गर्यौं र सोही अनुरुप कोषमा योगदानको काम पनि सुरु भयो । हाल २०७८ असार २४ गतेसम्म यो कोषमा जम्मा १ सय ३८ वटा बचत तथा ऋण सहकारी संस्थाहरु र नेफ्स्कून समेत गरी कुल १ सय ३९ योगदानकर्ताबाट ४ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ । स्थिरीकरण कोष २०७७ साल असोज महिनाको सुरुवातसंगै नेफ्स्कूनको केन्द्रीय कार्यालय रहेको नयाँ बानेश्वरस्थित भवनको पाँचौं तल्ला भाडामा लिएर सञ्चालन भइरहेको छ । हालसम्म स्थिरीकरण कोषमा पुर्णकालिन २ जना सहायक कर्मचारी र १ अर्धपूर्णकालिन सदस्य सचिव गरि जम्मा ३ जनाकार्यरत छन् । ऐनमा नै कोषमा सहभागीहरुबाट मात्र न्यूनतम आवश्यक मौज्दात रकम नपुग्ने भएमा सरकारले अपुग रकम मन्त्रालयको तर्फबाट थप योगदानबापत दिन सक्ने उल्लेख भएकाले हामीले धेरै लामो समयदेखि त्यसको प्रबन्धका लागिआग्रह गर्यौं, केही सकारात्मक संकेतहरु मिलेपनि ठोस सहयोग नभएकाले केहीअसहजतापक्कै छ तर साकोस अभियानबाट सहयोग बढ्ने क्रम जारी छ । हामीलाई आशा छ, अब केही सयमभित्रै हामीयसलाई खडा गर्नेछौं ।

कोषबाट यस आर्थिक वर्षमा के कस्ता कार्यक्रमहरु भएका छन् ?
यस आर्थिक वर्षमा हामीले ३ वटा मुख्य कार्यक्रमहरु गर्यौं । २०७७ साल पुस २९ गते स्थिरीकरण कोषको वार्षिक परामर्श बैठक सम्पन्न गर्यौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा ४४ बमोजिम हामीले परामर्श बैठक आयोजना गर्यौं । उक्त दफाको उफदफा १मा“ कोष सञ्चालन समितिले प्रत्येकआर्थिकवर्ष व्यतितभएको ६ महिनाभित्र सहभागी संस्थाहरुसँग परामर्श बैठक राख्नुपर्ने” उल्लेख भएबमोजिम त्यो काम पूरा गर्यौं ।  

त्यस्तै, २०७७ फागुन ५ गते भरतपुर र चितवनमा तथा २०७७ चैत्र १८ गते धनगढी र कैलालीमा स्थिरीकरण कोष अभिमुखीकरण कार्यक्रम गर्यौं । कोष सञ्चालनको लागि सञ्चालन समितिले तयार गरेका बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषबाट प्रदान गरिने सापटी सम्बन्धीआन्तरिक कार्यविधि, २०७७” र “बचततथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषमा सहभागिता सम्बन्धीआन्तरिक कार्यविधि, २०७७आन्तरिक कार्यविधिहरु प्रथमवार्षिक परामर्श बैठकद्धारा विस्तृत छलफल गरी पारित भएको र स्वीकृतिको लागि मन्त्रालयमा पेश गरिएको छ । 

चितवनको कार्यक्रममा स्थानीय सहकारी अभियन्ताहरुले बचत तथा ऋण सहकारीहरूको सम्भावित जोखिम न्यूनीकरणका लागि स्थिरीकरणकोषको प्रभावकारी सञ्चालन हुनुपर्छ भनेर सामुहिक ऐक्यबद्धता जाहेर गर्नुभएको छ । उहाँहरुले संस्थाहरुले राम्रो गर्दागर्दै, कुनैपनि बेला समस्यामा पर्नसक्ने अवस्था आउने हुँदा त्यस्तो अवस्थामा सम्भावित जोखिमबाट जोगाउन स्थिरीकरणकोष आवश्यकरहेको अन्तर्राष्ट्रियअभ्यासबाट पनि सिकेको र त्यहीअनुरुप नेफ्स्कूनले पहल गरेको स्मरण गर्दै यो नेफ्स्कूनकै अभिन्न अंग बन्नुपर्ने बताउनुभएको थियो । 

स्थिरीकरण कोषकाविषयमा नेफ्स्कूनले एकलौटी गर्न खोज्यो, साकोसहरुको लागिमात्रहो भन्यो अन्यप्रकृतिका सहकारीहरुलाई वास्ता गरेन भन्ने बहस छ नि ?
यसमा हाम्रो मात्रहोइन स्पष्ट रुपमा ऐनले नै उल्लेख गरेको छ । स्थिरीकरण कोष बचत तथा ऋण सहकारीहरुका लागि हो । अन्य विषयगत केन्द्रीयसंघले पनि आ–आफ्ना सदस्य संघ संस्थाहरुको संरक्षणका लागि छुट्टै कोष सञ्चालन गर्न वा बिमाकार्यक्रम लागू गर्न सक्नेछन् ।  कोष कहाँ रहन्छ र कोषको अध्यक्ष रसदस्य सचिव को रहने व्यवस्था छ भन्ने प्रश्नको उत्तरले पनि सबै कुरा प्रष्ट पार्छ।केही अभियानकर्मीहरुले एकांकी बुझाई हुनसक्छ, बाहिरी मुलुकको अभ्यास हेर्यौै भनेपनि यो स्पष्ट हुन्छ कि स्थिरीकरण कोष बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुका लागि हो । कोष सञ्चालनका लागि नेफ्स्कून, राष्ट्रिय सहकारीबैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, सहकारीमन्त्रालय, अर्थमन्त्रालय र विभागको प्रतिनिधि समेत रहने सञ्चालन समितिको व्यवस्था ऐनले गरेका कारण पनि केही समस्या आएको छ । हामीलाई आशा छ ऐन संशोधनमा यी विषयहरु सच्चिएर आउनेछन् ।

यस विषयमा सहकारी अभियान र सरोकारवालाहरुको बुझाई कस्तो पाउनुभएको छ ?
मैले भनिहाले बजारका केही बहसलाई छोड्ने हो भने समग्र सहकारी अभियानय एकदमै सकारात्मक छ । हामीले आयोजना गरेका विभिन्न फोरमहरुमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, अर्थमन्त्रालयलगायतका प्रतिनिधिहरुले स्थिरीकरण कोष बचत तथा ऋण सहकारीहरुको लागि अत्यावश्यक सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । हामीसँगको अनौपचारिक छलफलमा पनि एकदमै सकारात्मक कुराहरु गर्नुभएको छ ।  अभियान र सरकारको सहयोग रसहकार्यमार्फत अघि बढ्नुको विकल्प नभएकोउहाँहरुले बताउनुभएको छ । ऐन संशोधनको लागि भैरहेको पहलले निकट भविष्यमै ठोस निष्कर्ष निस्कने भन्दै महासंघ अध्यक्ष मिनराजकडेल र  निवर्तमान अध्यक्ष एवम् पूर्वमन्त्री केशबप्रसाद बडालले कोषलाई अपुग रकम उपलब्ध गराउन सरकारले ढिलाइ गर्न नहुने बारम्बार बताउँदै आउनुभएको छ ।  उहाँहरुले बचत तथा ऋण सहकारीहरुलाई सम्भावित जोखिमबाट बचाउन कोषको भूमिका हुने र सहकारी ऐन र नियमावलीमा समेत सम्बोधन भएकाले अब द्रुतगतिमा अघि बढाउनुपर्ने धारणापटक पटक राख्नुभएको छ । 

कोष नेफ्स्कूनकै अभिन्न अंग हुनुपर्नेमा ऐनमा विकलांगभएको भनेर महासंघका अध्यक्ष मिनराज सरले बताउनुभएको थियो । हामीले के भन्यौं, बच्चा विकलांग जन्मिएपनि त्यसलाई हुर्काउने बढाउने दायित्वबाट हामी पन्छिदैनौं भनेर मैले पनि कोषको प्रथम परामर्श बैठकमा भनेको थिए । कोष दर्ता गर्नुपर्ने विषयमा केही समयअघि चर्चाहरु गरिएपनि जसमा कुनै तर्क नभएको धारणा सबैबाट आइसकेको छ । ऐनमा त्यस्तो केही प्रावधाननरहेको कुरा त सहकारी विभागका निवर्तमान रजिष्ट्रारले पनि स्वीकार्नुभएको थियो । त्यस्तै, नेपाल राष्ट्रबैंकका उपनिर्देशक रामकाजी खाईजुले ऐनको किचलोले यसलाई अन्योलमा पार्न नहुने बताउनुभएको समाचार साकोस आवाजमै प्रकाशितभएको थियो ।

कोषलाई तपाईले भनेजस्तै फुल्ली फङ्सनल बनाउन अबका योजना के छन् ?
हामी लबिङ, लबिङ र निरन्तरलबिङ गरिरहन्छौं ।कर्मचारीतन्त्रबाट असहयोगका कुराहरु पनि उठ्छन् तर हामीलाई विश्वास छ, सरकारले यस विषयमाआवश्यक सहयोग गर्छ । स्थिरिकरणकोषकुनैस्वतन्त्रइकाईनभईनेफ्स्कूनकैअभिन्नअंगहो ।सोहीअनुसारऐनसंशोधनहुनुपर्छ भन्ने हाम्रो जोडदार माग छ । ऐनको अन्योलताचिर्ने, अपुग रकम सरकारबाट ल्याउने, व्यापक सहभागिताका लागि सदस्य संघ संस्थालाई आग्रह गर्ने, यससम्बन्धी व्यापक प्रचारप्रसार र प्रवर्धनात्मक कामहरु गर्ने विषयलाई प्राथमिकतामा राखेका छौं ।  सहकारी ऐनमा सोचेअनुरुप कोष सञ्चालनको व्यवस्थान गरिएपनि यसका अफ्ठ्याराहरुलाई चिर्दै अघिबढ्छौं । अन्तर्राष्ट्रिय अभ्यासमासमेत स्थिरिकरण कोष बचत तथा ऋण सहकारीहरुका लागि स्थापना हुने गर्दछन् । हामी कहाँ गरिएको ऐनको प्रावधानप्रति विदेशी क्रेडिट युनियनकर्मीहरुले  पनि सन्तुष्टिजनाएका छन् ।

अन्त्यमा केही भन्नु छ कि ?
नेपालका स्थिरीकरण कोषको आवश्यकता र औचित्यको बहस बचत तथा ऋणसहकारी अभियानले शुरु गरेको हो ।नेफ्स्कूनको पहल कद्मीमा वित्तीय सहकारीअभियानको लागि ऐनमा कोषको विषय समावेश भएको जगजाहेर छ। सिद्धान्तमा अडिग रहँदा रहँदै दुर्घटना भएमा स्थिरीकरण कोषआवश्यक हुन्छ । म स्थिरीकरण कोष सञ्चालन समितिको अध्यक्षको रुपमा सबै साकोसहरुले यसलाई नेफ्स्कूनको कोष नभई हामी सबैको संयुक्त जगेडा कोष हो भनेर बुझिदिनुहुन हार्दिक आग्रहगर्दछु । स्थिरीकरण कोषलाई सहकारी अभियानको स्थायित्वका लागि विश्वासिलो सुरक्षा कवच एवं संस्थाको वित्तीय स्वास्थ्य र साख सिर्जनाको लागि भरपर्दो आधार मानिन्छ । यो वित्तीय सहकारी अधियानको नयाँ आयाम हो यसलाई समग्र अभियानको जगेडा कोष समेत भन्ने गरिएको छ । यस व्यवस्थाबाट सहकारी संस्थाहरुको स्थायीत्व र सुरक्षामा सामुहिक ऐक्यबद्धतामा एक वा केही संस्थालाई टाट उल्टनवाट जोगाउन सकिन्छ । यसले हामी सामुहिक रुपमा मिलेर सहकारी पद्धतीको संरक्षण गर्न सक्दछौ भन्ने भावको विकास गर्न सक्दछौं । 

कानुनी अड्चनकाबीच यसलाई खडा गरी फुल्लीफङ्सनल बनाउन सबैको हातेमालो आवश्यक रहेकोमा पुनःबिशेष जोड दिन चाहन्छु । स्वभावतः पैसाको कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुमा भोलि समस्या देखिदाअभियानसँगै राज्यमाथि पनि प्रश्नचिन्ह उठ्छ । साकोस अभियानको दिगोपनामा प्रवर्धनात्मकभूमिका राज्यको पनि छ । राज्यबाट अपुग रकम पछि फिर्ता गर्ने सर्तमा सहयोग गरिदिदा मात्र यसले गति लिन्छ । यसमार्फत हुने गतिविधिहरुबाट अन्यलाई पनि सहभागी हुने हौसला बढ्छ भन्ने हाम्रो विश्वास छ । कोषलाई अभियानमैत्री र सहभागितामूलक बनाउन सबैको साथ सहयोग नै महत्वपूर्ण रहने छ, यसमा गोलबद्धहुन सबैलाई हार्दिक आग्रह गर्दछु ।

सहाकारी अभियानलाई मेरो अनुरोध छ स्थिरीकरण कोष साकोस अभियानमा जोखिम व्यावस्थापन गर्ने औजार वा उपकरण हो । यो सदस्यहरुको लागत सहभागितामा सञ्चालन हुन्छ र सरकारी सहयोग पनि अपरिहार्य छ । यस कोष स्थापना गर्न सकिएमा सदस्यहरुको लागि संघ भएको महशुस गराउन सकिन्छ । यस कोषले पूर्ण रुपमा काम गर्न केही समय लाग्न सक्दछ तर यो जति ढिलो गरियो त्यति जोखिम बढ्दै जाने भएकोले आजैबाट स्थापना र सहभागिताको लागि काम गर्न आवश्यक छ । साकोसहरुले पनि संस्थामा यसको बारेमा सञ्चालक समिति र सदस्यहरुमा समेत छलफल चलाउन आवश्यक छ । यो अभियानको कोष हो यसबाट अभियानले फाइदा लिन सक्नुपर्दछ । वर्तमानको योगदानले हामी समृद्ध भविष्य निर्माण गर्नेछौं । 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी