बुधबार, वैशाख १२
०७:३३

‘कोअप्स डे’ थिम २०२१ र जो बाइडेन ‘कनेक्सन’

बिहीबार, असार २४
saccosaawaj

एजेन्सी । विश्वभर जुलाई ३ अर्थात् असार १९ मा ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । यस वर्षको ‘कोअप्स डे’ को थिम ‘रिबिल्ड बेटर टुगेदर’ तय गरिएको घोषणा गत अप्रिल १४ मा गरिएको थियो । यो पटक २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस पनि थियो भने नेपालमा सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले २८ औं राष्ट्रिय सहकारी महासंघ दिवस सहित तीन वटै दिवस एकै दिन मनाएको हो । महासंघले यसरी ३ वटै दिवसहरु कोअप डे को दिन मनाउने प्रचलन स्थापित गरेको छ । 

यस पटक आइसीएले तय गरेको थिम अमेरिकी राष्ट्रपति जो बाइडेनको यस पटकको चुनावी अभियानको नारासँग सम्बन्धित छ । बाइडेनले सन् २०२० को राष्ट्रपति निर्वाचनका बेला कोभिड प्रभावित अमेरिकी अर्थतन्त्रलाई उकास्न बिल्ड ब्याक बेटरको नारा तय गर्नुभएको थियो । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु निर्वाचित भइसकेपछि आयोजित सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ‘अमेरिका फस्ट’ को अभियान सार्वजनिक गर्नुभएको थियो । त्यसको प्रत्युत्तर योजनाको रुपमा बाइडेनले सन् २०२० जुलाई जुलाई ९ बिहिबारका दिन आफ्नो गृह सहर नजिक आयोजित आधा घन्टा लामो चुनावी सभालाई सम्बोधन गर्दै ‘बिल्ड ब्याक बेटर’  नारा सार्वजनिक गर्नुभएको थियो । 

राष्ट्रपति बाइडेनको योजना वा नारासँग मिल्ने र सान्दर्भिक भएकाले पनि आइसिएले उक्त आशय मिल्दोजुल्दो थिम ‘रिबिल्ड बेटर टुगेदर’ थिम सार्वजनिक गरेको हो । खासगरी त्यसबेला बाइडेनले उक्त नारालाई भावी अमेरिकी आर्थिक विकासको योजनासँग जोड्नुभएको थियो भने पछि राष्ट्रपति निर्वाचित भैसकेपछि त्यसलाई निरन्रता दिदैं ७ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक पुनर्उत्थान योजना सार्वजनिक गर्नुभएको थियो । ४६ औं अमेरिकी राष्ट्रपति बाइडेनले यस वर्ष जनवरी २० मा औपचारिक सपथ ग्रहण गर्नुभएको थियो । 


 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।