शुक्रबार, चैत्र १६
०२:५३

‘कोभिड संकटबाट त्राण पाउने एउटै विकल्प सहकार्य’

शनिबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले कोभिडले सामाजिक, आर्थिकसँगै मानवीय स्वास्थ्यमा गम्भीर संकट परेको भन्दै यसबाट त्राण पाउन सहकार्यको विकल्प नभएको बताउनुभएको छ । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोअप्स् डे) तथा २७ औ संयुक्त राष्ट्र संघीय सहकारी दिवसको उपलक्ष्यमा भिडियो शुभकामनामार्फत आइसीए अध्यक्ष ग्वार्कोले ‘सहकारीको बिशिष्ट मुल्य, मान्यता र सिद्धान्तमा आधारित सहकारी  पहिचानले जनताका इच्छा चाहनाहरुको सम्बोधनको माग जुनसुकै समयमा गर्दछन’ भन्नुभएको छ ।

संकटको समयमा सहकारीको यो फरक पहिचानको जगमा नै समुदायहरुको पुननिर्माण सम्भव हुने अध्यक्ष ग्वार्कोले दाबी गर्नुभएको छ ।  संकटको बहानमा समाजमा विभेद र असमानता बढ्न सक्ने भन्दै उहाँले सहकारीहरु थप सजग बन्नुपर्ने बताउनुभएको छ । अध्यक्ष ग्वार्कोले यस वर्ष सहकारीहरुको प्राथमिकता अब पुनर्निमाण गरिने समाजहरु यस प्रकारका सम्भावित विपत्तिहरु सामना गर्न सक्षम हुने गरी काम गर्नुभएकोतर्फ हुनुपर्नेमा जोड दिनुभएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न आइसीएको सन् २०१७ मा भएको साधारण सभाले अर्जेन्टिनी सहकारीकर्मी ग्वार्कोलाई अध्यक्ष चुनेको थियो । सन् १८९५ मा लन्डनमा गठन भएको आइसीएको मुख्यालय हाल बेल्जियमको राजधानी ब्रसेल्समा छ ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।