बिहीबार, वैशाख १३
०७:१४

आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, विश्वभर भर्चुल मनाइँदै

शनिबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोअप्स् डे) विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । कोभिड महामारी विद्यमान रहेका कारण यस वर्ष कोअप्स डे को अवसरमा विश्वभर भर्चुअल कार्यक्रमहरु आयोजना गरिदैछ ।

सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिदैं आएकोमा संयुक्त राष्ट्र संघीय महासभाले  समेत आइसीए स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सन् १९९२ मा सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई ३ अर्थात् असार १९ गते (आज) २७ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो । आइसीएको स्थापना सन् १८९५ को अगष्ट १९ मा  बेलायतको लन्डन सम्पन्न १३ मुलुकका सहकारीकर्मीहरु सम्मिलित पहिलो सहकारी सम्मेलन (कोअपरेटिभ कंग्रेस) ले गरेको थियो । 

यस वर्षको आइसीए डे को नारा ‘Rebuild back better‘ अर्थात् ‘मिलेर पुनर्उत्थान गरौं’ तय गरिएको छ । सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् । विश्वभर सहकारिताको प्रचार प्रसार गर्ने, यसको महत्व उजागर गर्ने र सरकारहरुलाई यसका मुद्दाहरुका विषयमा सचेत गराउने अभिप्रायले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।

आइसीएले सहकारी प्रवर्धन र विकास समिति (कोप्याक) सँगको समन्वयमा ‘Cooperatives for a better recovery‘ विषयमा हिजो भर्चुअल वेबिनार सञ्चालन गरेको थियो । विश्वको १२ प्रतिशत जनसंख्या सहकारीमा आबद्ध छ  । विश्व सहकारी अभियानसँग हाल कायम ३० लाख सहकारीमार्फत १ अर्ब भन्दा बढी सदस्यहरु प्रत्यक्ष जोडिएका छन् भने २८ करोडले प्रत्यक्ष रोजगारी पाएका छन् । विश्वका ३ सय ठूला सहकारीहरुले २.१ ट्रिलयन अमेरिकी डलरको कारोबार गर्दछन् । विश्वका हालसम्मका ठूला २ विश्व युद्धहरुको सामना गर्ने निक्कै कम संस्थाहरुमध्ये सम्भवतः सबैभन्दा सबल संस्था आइसीए हो ।

नेपालमा पनि आज २८ औं राष्ट्रिय सहकारी महासंघ दिवसका रुपमा मनाइँदैछ । सो अवसरमा महासंघले बिहान साढे १२ बजे जुममार्फत कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा कोअप्स डे को नारामा आधारित कार्यपत्र प्रस्तुतिसँगै राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी पुरस्कारहरु प्रदान गर्ने कार्यक्रम रहेको छ । संघद्वारा घोषित सम्मान र पुरस्कारहरु भोलि सीमित सहभागितामा आयोजना गरिने भौतिक कार्यक्रममा प्रदान गरिने जनाइएको छ ।

आइसीएले यस वर्ष पनि कोभिड महामारीका कारण सहकारी अर्थतन्त्रमा परेको सर्वपक्षीय असरलाई सुहाउँदो गरी रिबिल्ड ब्याक बेटर अर्थात मिलेर पुनर्उत्थान गरौं भन्ने नारा तय गरेको छ । आइसीएले अबको पुनर्निर्माण सदस्य र वातावरण मैत्री बनाउने तर्फ विश्वका सहकारीहरुको ध्यान जानुपर्दछ भन्नेमा जोड दिएको छ । यसै वर्षको अन्त्यसममा आइसीएले विश्वका सहकारीहरुको अवस्था, कारोबार, योगदान आदि उल्लेख गरिने वल्ड कोअपरेटिभ मनिटरको १० औं संस्करण पनि प्रकाशन गर्दैछ ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।