शनिबार, वैशाख ८
०६:२६

साकोस अभियानको मानक निर्धारक स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष

बिहीबार, असार ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्तरीकरण र स्थिरीकरण साकोस अभियानको मानक निर्धारक भएको बताउँदै यिनमा सहभागिता जनाउन सबै बचत ऋण सहकारीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले साकोस अभियानको दिगोपना, विश्वसनीयता र छवि निर्माणका लागि यी दुबै पाङ्ग्रा उक्तिकै सशक्त हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पौड्यालले नेफ्स्कूनले सञ्चालन गरेका कुनै न कुनै स्तरीकरण कार्यक्रममा हरेक साकोसको सहभागिता र सहकारी ऐनले नै व्यवस्था गरेको बचत तथा ऋण सहकारीहरुको स्थिरीकरण कोषमा योगदानलाई उत्तिकै महत्वका साथ सबै साकोसहरुले बुझ्नुपर्ने बताउनुभयो ।

स्तरीकरणले सदस्यको बचतको सुरक्षाका बैज्ञानिक आधारहरु सुनिश्चित गर्छ भने काम गर्दा गर्दै आफ्नो वशभन्दा बाहिरको अवस्थाले कुनै खाले संकट आयो भने स्थिरीकरण कोषले त्यसको व्यवस्थापनका लागि सुरक्षा कवचको काम गर्ने विश्वास दिलाउँदै उहाँले अभियानको नैतिक दायित्वप्रति अखण्ड र अच्युत रहन सबैसँग आग्रह गर्नुभयो । नेफ्स्कूनको आयोजनामा आज सम्पन्न सहकारीमा कोष व्यवस्थापन र 5C विश्लेषणसम्बन्धी भर्चुअल कार्यक्रममा अध्यक्ष पौड्यालले उक्त धारणा राख्नुभएको हो ।

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले पनि अब बार्षिक खाताबन्दीको नजिक आइपुगेको अवस्थामा स्थिरीकरण कोषमा रकम छुट्याउन सबैलाई आग्रह गर्नुभयो । स्थिरीकरण कोष अभियानको कोष भएको र यसको व्यवस्था कानुनमै भएकोले पनि विधिसम्मत् रकम विनियोजन गर्न उहाँले आग्रह गर्दै यो रकम अभियानकै जगेडा कोष भएकोले आफ्नै लागि जम्मा गर्नुपर्ने आवश्यकता बोध गराउनुभयो । उपाध्यक्ष अधिकारीले, नेफ्स्कूनले निरन्तर सञ्चालन गरिरहेका विभिन्न भर्चुअल तालिमहरुमा सक्रिय सहभागिता जनाउँदै क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि यस्ता कार्यक्रमहरुलाई उपयोग गर्न पनि आग्रह गर्नुभयो ।

करिब ९ सयको सहभागिता रहेको आजको कार्यक्रम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश तिमिल्सिनाले गर्नुभएको थियो भने कोष व्यवस्थापनका विषयमा नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र 5C विश्लेषणका सम्बन्धमा तालिम अधिकृत सुमनराज घिमिरेले प्रस्तुतिसहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको पनि उहाँहरुले सम्बोधन गर्नुभएको थियो ।

सहजीकरणका क्रममा कोषको परिचय, महत्व, कोष विभाजनका तरिकाहरु, काुननी पक्षहरु, 5C को अर्थ, 5C विश्लेषणका उपसूचकहरु बिश्लेषण र स्कोरिङका तरिका र वैज्ञानिका आधारहरु, आदि विषयमा उदाहरणसहित सहजीकरण गरिएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र