बिहीबार, वैशाख १३
११:४४

निःशुल्क खाना तथा राहत सामाग्री वितरण गर्दै जीवनदीप र सदस्य सेवा साकोस

आईतबार, जेठ ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । लायन्स क्लब अब काठमाडौं ग्लोबल फ्रेन्डको आयोजना तथा जीवनदीप साकोस न्यूरोड एवम् सदस्य सेवा साकोस (कोटेश्वर मुख्य कार्यालय तथा कुलेश्वर सेवा कार्यालय) को सहयोगमा कोभिडको असरमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने तथा राहत उपलब्ध गराउने काम भैरहेको छ ।

अशक्त, अपाङ्ग, रोजगारी गुमाएकाहरु तथा आश्रित नभएकाहरुलाई लक्षित गरी विगत २२ दिनदेखि सामुहिक भोजनको कार्यक्रम आयोजना गरिएको सदस्य सेवा साकोसका प्रमुख कार्यकारी शितल प्रसाद शर्माले साकोस आवाजलाई जानकारी गराउनुभयो । उहाँले अहिलेसम्म करिब ५ हजार जनालाई खाना खुवाउने काम भैसकेको र आज लगातार २३ औं दिन सम्पन्न भएको यो क्रम निषेधाज्ञा अवधिभर जारी रहने बताउनुभयो । 

खानाका लागि आवश्यक सामाग्रीहरु तथा ग्यास लायन्स क्लब तथा साकोसहरुले उपलब्ध गराउने र तीनकुनेस्थित रेसुङ्गा भोजनालयले निःशुल्क पकाएर तयार पार्ने गरेको शर्माले बताउनुभयो । यसरी तयार भएको खाना बिहान ९ बजेदेखि काठमाडौंको भद्रकाली, महाङ्काल, वीर अस्पताल, शोभा भगवती, स्वयम्भू र सितापाइलाका निश्चित स्थानमा निःशुल्क खुवाउने गरिएको शर्माले बताउनुभयो । यसैगरी उहाँले कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्मको अवधिमा करिब ५ सय घरपरिवारलाई राहत सामाग्री पनि यो समूहले उपलब्ध गराएको दाबी गर्नुभयो ।

कोराना प्रभावितहरुलाई चामल, नुन, तेल, मस्यौरा आदि अत्यावश्यक खाद्य सामाग्रीहरु राहतस्वरुप उपलब्ध गराइएको जानकारी शर्माले गराउनुभयो । पीडामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सहयोग गर्नुपर्ने दायित्वबोधले यो कार्यक्रममा दुबै सहकारी संस्था समावेश भएको उहाँले बताउनुभयो । शर्माले सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो काम गरिएको उल्लेख गर्नुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र