बिहीबार, वैशाख ६
०५:३०

माहामारीमा सदस्य सुरक्षा र सामाजिक उत्तरदायित्व बिषयक भर्चुअल अन्तरक्रिया

बुधबार, जेठ २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा माहामारीमा सदस्य सुरक्षा र सामाजिक उत्तरदायित्व विषयक भर्चुअल अन्तरक्रिया सञ्चालन भएको छ । कोभिड माहमारीको नयाँ भेरियन्ट सहितको दोस्रो लहरका कारण करिब डेढ महिनादेखिको लकडाउनबाट मानिसहरुमा परेको प्रभाव, मानसिक स्वास्थ्य अवस्था, सहकारी संस्था र संस्थाका सदस्यहरुमा यसको प्रभावको विषयमा जानकारी लिने र आवश्यक स्वास्थ्य परामर्श सहित सदस्यको सुरक्षा गर्न र सामाजिक उत्तरदायित्व बहन गर्न चाल्नुपर्ने कदमहरुको विषयमा अन्तरक्रिया लक्षित थियो । 

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा शुरु भएको कार्यक्रममा नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले माहामारीमा सदस्य सुरक्षा र सामाजिक उत्तरदायित्व विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

परितोष पौड्याल
अध्यक्ष नेफ्स्कून 

कार्यक्रमको प्रमुख बक्ताको रुपमा अध्यक्ष पौड्यालले वर्तमान महामारीले सहकारी क्षेत्रमा पारेको असरलाई के कसरी जुधेर समाधान गर्ने भन्ने बिषय गम्भीर भएको वताउनुभयो । विषम अवस्थामा जोडिदा हामी चुनौतिका विचमा छौं । हामी चुनौतीको विचमा आफुलाई व्यवस्थापन गर्ने र सामना शक्ति विकासका लागि एकता र सद्भावनाका साथ अगाडि बढाउने विषयलाई हामीले गत बर्षदेखि जोड दिदैं आयौं । नीति र कार्यक्रम तथा बजेटको सन्दर्भमा जोडिएको छ । साथै जागरण र सशक्तिकरणको विषयले पनि यसलाई जोडेर अगाडि बढ्नुपर्छ । हामीले समसामयिक परिवेशमा हाम्रो जिम्मेवारी र उत्तरदायित्व के हो भन्ने विषयमा मुलत दायित्वका कुरा गर्दा तीन प्रकारको दायित्व वहन गर्नुपर्ने हुन्छ, जसमा सम्मान, सुरक्षा र परिपूर्ति गर्ने विषय यो विश्वकै सैदान्तिक अभ्याससँग जोडिएको छ । 

कोभिड १९ को प्रभावले हिजो सामाजिक, भौतिक र आर्थिक रुपमा असुरक्षामा थियौं भने आज हामीले  जीवनको असुरक्षाको महशुस गरेका छौं । जीवनको चुनौतीको विचमा बन्दाबन्दीको अवस्थामा रहँदा यस प्रकारका गतिविधिलाई निरन्तरता दिएर बैज्ञानिक ढंगले हामी अझ बढी प्रभावकारी बन्न र सामाजिक गतिविधिमा पनि क्रियाशिल भएर आचरण, व्यवहार र शैलिमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ । 

सहकारी अभियानको दायित्व अन्तर्गत सर्वप्रथम सदस्यहरुको वित्तीय सुरक्षा तथा सम्मानको व्यवस्थापनका लागि नियमिति ढंगले संस्था सञ्चालन र व्यवसाय निरन्तरताका लागि गत बर्षदेखिनै निश्चित मापदण्ड बनेका र सहकारी संस्थाहरुले त्यसको पालना गरिरहेको अवस्था पनि छ ।  साथै संस्थाको कार्यस्थल सुरक्षा, प्रविधि प्रयोगको सचेतना, कर्मचारी सुरक्षा, कर्मचारीमा खोप व्यवस्थापनको पाटो पनि त्यतिकै महत्वपूण छ, यसप्रति पनि अभियान उत्तरदायि बन्नुपर्छ । 

साकोस कनेक्टका लागि काम शुरु गरेका छौं । वित्तिय व्यवस्थापन सहजीकरणमा प्रविधिकीकरणको प्रयोग गर्न र प्रविधिको विषयमा सीप क्षमता विकास उपयोगीताको हिसावले जान्नुपर्ने छ । जीवनस्तर सुधारको नीम्ति फिन टेक एजुकेशनलाई अगाडि बढाउने, साकोसका गतिविधिहरुलाई डिजिटलाइज गरेर बढिभन्दा बढि प्रतिस्पर्धी बन्नुपर्ने आवश्यकता छ । प्रविधिलाई संस्थागत गरेर अगाडि बढ्नुपर्नेछ । त्यसमा नेफ्स्कूनले विशेष प्राथमिकताका साथ काम गरिरहेको छ । 
महामारीका समयमा अर्थव्यवस्था प्रणालीलाई मार्गनिर्देश गर्न मुलत चारवटा नीति महत्वपूर्ण रहनेः जस्तै अर्थ नीति, मौद्रिक नीति, बाणिज्य नीति र औद्योगिक नीति । नेफ्स्कूनले उद्यमशिलता विकास तथा प्रवर्द्र्धन गर्ने उद्देश्यकका साथ औद्योगिक नीति मार्फत अगाडि बढ्न पहल गरिरहेको छ । अब जिल्ला संघका सबै अध्यक्षहरुले बजेट नीति तथा कार्यक्रममा उद्यमशिलता विकासको पाटोलाई समेट्नुपर्ने छ भने अर्कोतर्फ पालिका तहमा आधारशिला कार्यक्रम कार्यान्वयनका सन्दर्भमा समन्वय गरेर अगाडि बढ्ने र यसका लागि आवश्यक वहश पैरवीलाई एजेण्डाको विषयमा राख्नुपर्नेछ । महामारी पछिको प्रभाव न्यूनीरकण गर्दै संस्थागत सुदृढीकरणका लागि उद्यमशिलता विकासलाई जोड दिँदै सदस्यहरुलाई आय श्रृंखला र धन सृजनामा जोड्न सबैमा अनुरोध छ ।  
 
चन्द्रप्रसाद ढकाल 
बरिष्ठ उपाध्यक्ष, नेफ्स्कून

महामारीले पारेको असरलाई कम गर्न देश भरिको अभियानले चालेका हरेक कदमहरु जनउपयोगी छन् । सहकारी संस्थाहरुले सधै सामाजिक दायित्व निर्वाह गर्दै आएका कुराहरु राज्यका सवै निकायहरुलाई जानकारी दिदै पैरवी शुरु गर्नुपर्ने आवश्यकता छ । स्थानीय, जिल्ला र  प्रदेश तहबाट सहकारीको भूमिकाको विषयमा आ आफ्ना निकायमा निरन्तर जानकारी गराउने साथै पैरवी गर्ने कार्यले पक्कै पनि माथिल्लो तहसम्म सहकारीको योगदानलाई बुझ्नेछ भन्ने विश्वास लिनुपर्छ । 
गत बर्ष भन्दा यस बर्ष कोभिड महामारीको परिस्थिती जटिल रह्यो । जसका कारण अभियानको गतिविधिलाई लिएर कोहीकसैसँग समन्वय गरेर अगाडि बढ्ने परिस्थिति पनि बन्न सकेन । महामारीको समयमा सहकारी सञ्चालनको विषय प्राथमिकतामा परेन । अभियानका धेरै साथीहरुले दुख भोग्नुभयो, गुनासाहरु पनि धेरै आए । जब समस्या भोगिन्छ, तब न समाधानका उपायहरु पनि निस्कन्छन, यसमा तीन वटै तहमा समन्वय गरेर अभियानको सामूहिक ऐक्यवद्धता सहित समाधानको खोजीमा जुटौं । 

नेपालको संविधानले सहकारीको भूमिका सम्बोधन गरेको छ, सहकारी ऐन तथा नियमावली कार्यान्वयनमा छन् । यी विषयले पनि ढिलो चाँडो सहकारी क्षेत्रको विकासको क्रम शुरु भएको मान्नुपर्छ । सहकारीको योगदान, महामारीका समयमा सहकारीले खेलेको भूमिकाको विषयमा सबै सबैले लिपिबद्ध गरी आ आफ्नो स्थनीय तह, जिल्ला, प्रदेश सरकारलाई जानकारी गराऔं, राज्यले स्वतस्फूर्त रुपमा सम्बोधन गर्ने बातावरण बन्नुपर्छ । माहामारीको यस विषम् परिस्थितिमा पनि साकोसहरुले आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गरिरहनुभएको छ । जसमा सहकारीको साख जोडिएको हुन्छ । नेफ्स्कून अभियानप्रति उत्तरदायि छ, विद्यमान समस्याहरुलाई तत्काल शुन्यतामा लान नसकिएपनि केही हदसम्म कम गरेर लाने विषयमा संघ निरन्तर क्रियाशिल छ । 

नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले भन्नुभयो, माहामारिको विषम् परिस्थितिमा पनि सहकारी क्षेत्रले आवश्यकताको आधारमा सदस्यहरुमाझ वित्तीय सेवा निरन्तरता साथै सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलाप गर्दै आइरहेका छन् । अझै पनि माहामारीले कस्तो रुप लिने हो भन्ने कुराको एकिन छैन, माहामारी पश्चात सहकारी संस्था र सदस्यहरुले भोग्नुपर्ने समस्याको सम्बोधन कसरी गर्ने साथै सदस्य सुरक्षा सँगै संस्था सञ्चालनको विषय कसरी अगाडि बढाउने भन्नेमा छलफल र अन्तरक्रिया आवश्यक छ । 

दामोदर अधिकारी
महासचिव, नेफ्स्कून 

वास्तवमा माहामारीमा सहकारीको भूमिका र यसको महत्व झनै बढेर गएको छ । बैंक वित्तिय संस्था सरह सहकारीको योगदानलाई राज्यले संम्बोधन नगरेकोप्रति महासंघ, नेफ्स्कून साथै अभियान सबैको ध्यान पुग्नुपर्छ नै । नेफ्स्कूनले सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य मार्फत सहकार्यको सिद्धान्तलाई आत्मसाथ गर्दै व्यवहारिक रुपमा सामूहिक ऐक्यवद्धताको आवश्यकतालाई मनन गर्नुपर्छ । माहामारीमा सदस्य सुरक्षा र सामाजिक उत्तरदायित्व विषयक अन्तरक्रियाका क्रममा उठेका निष्कर्षहरुलाई पनि एकीकृत गर्दै  अब कस्तो रणनीति अपनाउने भन्ने विषयलाई प्रमुखता दिनुपर्छ । साकोस सञ्जालको सामुहिक दायित्वलाई एकीकृत रुपमा परिणाममुखी बनाउन आजको यस कार्यक्रम सफल हुने विश्वास लिएको छु ।
 
कार्यक्रमका प्रस्तोता सञ्जयराज तिमिल्सिनाले महामारीमा सदस्य सुरक्षाको महत्वमाथी प्रकाश पार्दै  कोभिडले मानिसहरुको मानसिक स्वास्थ्यमा निकै ठूलो प्रभाव पारेको र यसको प्रभावलाई न्यूनिकरण गर्न सहकारी संस्थाहरुले सदस्यहरुका लागि आवश्यक स्वास्थ्य परामर्श सहित आर्थिक रुपमा सवलीकरण गर्ने दिशामा लक्षित कार्यक्रम अगाडि सार्नुपर्नेमा जोड दिनुभयो । सदस्यहरुको आयस्तर टुटेको, सबै क्षेत्रबाट आर्थिक भार थपिएको समयमा सहकारीले सदस्यहरुमा बाँच्ने आशा जगाउने, सदस्यहरुबीच सामाजिक भावना जागृत गराउने, मानसिक विचलनलाई कम गराई सामाजिक सम्बन्ध दरिलो बनाउने गरी सदस्य परामर्शको कामलाई प्राथमिकतामा राख्नुपर्ने विचार प्रस्तुत गर्नुभयो । त्यसैगरी सहकारी संस्था सञ्चालनमा डिजिटल प्रविधि प्रयोगलाई बढावा दिने, कर्मचारी स्वास्थ्य सुरक्षा, कर्मचारीको रोजगारीको सुरक्षा, प्रविधि प्रयोगमा सीप क्षमता विकास साथै वर्क फ्रम होमको कार्य व्यवस्थापन सहजीकरणमा पनि ध्यान दिनुपर्ने विषय प्रस्तुत गर्नुभयो । 

संस्थागत सुशासनको अवस्था, संस्थामा परेको वातावरणीय प्रभाव, आयस्तर प्रभाव साथै संस्थागत सामाजिक उत्तरदायित्वको दीगोपना र यसले भविष्यमा पार्ने प्रभावको पनि मुल्यांकन आवश्यक हुने विषयहरु प्रस्तुतीकरणका क्रममा राख्नुभएको थियो । 

कार्यक्रममा जनउत्थान साकोस, रुपन्देही की अध्यक्ष ज्ञानु पौड्याल, लुम्बिनी प्रदेश बचत संघका सचिव बसन्त ढकाल, सहकारी प्रतिनिधि प्रेम गुरुङ, पाल्पाका सहकारी प्रतिनिधि एवम् नेफ्स्कून सञ्चार उपसमिति सदस्य जगदीश भट्टराई लगायत केही सहकारीकर्मीहरुले महामारीको समयमा सहकारी क्षेत्रप्रति राज्य र स्थानीय प्रशासनले गरेको विभेदपूर्ण व्यवहारप्रति असन्तुष्टी व्यक्त गर्दै सहकारीको भूमिका र महामारीका समयमा सामाजिक क्षेत्रमा सहकारीले पुर्याएको योगदानको खुलेर चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका पदाधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक,  सञ्चालक समिति सदस्य, लुम्बिनी प्रदेशका विभिन्न सहकारी संघ संस्थाका पदाधिकारीहरु, लुम्बिनी प्रदेश बचत संघका पदाधिकारी तथा सञ्चालकहरु, अन्य सहकारी प्रतिनिधिहरु सहित २ सय ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम  सञ्चालन लुम्बिनी प्रदेश बचत संघका महासचिव ऋषिराम सापकोटाले गर्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र