बुधबार, वैशाख १२
०५:५०

सदस्यको वर्तमान बदल्ने र भविष्य को निर्माण गर्ने अभियानमा सहकारी जुट्नुपर्छ

सोमबार, जेठ २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाहरुले लगानीलाई उद्यमशिलता सँग जोड्दै आफ्ना सदस्यहरुको वर्तमान वदल्ने र भविष्य निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताउनुभएको छ । 

सहकारी विभाग र नेफ्स्कूनको साझेदारीमा सञ्चालित “सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रम अन्तर्गत बचत तथा ऋण सहकारी संस्थाहरुका लागि उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी आज बाट शुरु ५ दिने अभौतिक तालिम शुभारम्भको अवसरमा बोल्दै अध्यक्ष पौड्यालले उद्यमशिलताको अभियान मार्फत उत्पादन र सेवासँग जोडिने गरी सामूहिक प्रणालीको विकासमा जोड दिनुपर्ने बताउनुभयो । प्रारम्भिक चरणमा अनिवार्य नियमित बचतको प्रक्रियालाई अहिले उद्यमशिलता सहितको बचत अभियानमा रुपान्तरण हुन र त्यसको प्रतिनिधित्व बचत तथा ऋण सहकारी संस्थाले गर्नुपर्छ भन्नेमा नेफ्स्कूनको जोड रहेको छ, उहाँले भन्नुभयो “राष्ट्रिय उत्पादन प्रणालीसँग यसले सरोकार राख्नुपर्छ । औद्योगिक नीति अर्थ व्यवस्था प्रणालीको आधारभूत नीति भएकोले अब सहकारीका सदस्यहरुले आय आर्जन, धन सृजना र जीवन पद्धती व्यवस्थापनका लागि सहकारीलाई मूलधारमा ल्याउने नीति अबलम्बन गर्नु जरुरी छ ।” 

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र राष्ट्रिय युवा परिषद् सँगको सहकार्यमा उद्यमशिलता विकासको क्षेत्रमा संघले नियमित सहजीकरणको काम गरिरहेको र राज्य व्यवस्था प्रणालीको तर्फबाट प्राप्त गर्नुपर्ने सहयोगमा पनि संघको पहलकदमी रहेको बताउनुभयो । 

नेफ्स्कूनका सञ्चालक सदस्य एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्यको संयोजकत्वमा शुरु भएको उक्त तालिममा सञ्चालक सदस्य एवम् प्रदेश नं. २ का संयोजक हरेराम प्रसादले स्वागत गर्नुभएको थियो । तालिममा नेफ्स्कूनका सञ्चालक सदस्य द्वय मन्दरा मिश्र, विद्या कोइराला, त्यसैगरि नेफ्स्कूनको कास्की, चितवन, मकवानपुर र पर्सा फिल्ड कार्यालय इन्चार्जहरु र प्रदेश नं. १, २ र वागमती प्रदेशका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको छ । 

नेफ्स्कूनका सञ्चालक सदस्य हरेराम प्रसादले सहकारीको माध्यमबाट उद्यमशिलता विकास गरी सदस्यहरुको सामाजिक, आर्थिक जीवनस्तरमा रुपान्तरण ल्याउन सकिने र  राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पुर्याउन सकिने विचार व्यक्त गर्नुभयो । सहकारी संस्थाहरुले उद्यम व्यवसाय तथा उत्पादन प्रणालीको विकासमा आवश्यक सफल योजना निर्माण गरी काम गर्न तालिम उपयोगी रहने विश्वास व्यक्त गर्दै ५ दिनको यस तालिममा सहकारी प्रतिनिधिहरुको क्रियाशिल सहभागिताका लागि अनुरोध गर्नुभयो ।

नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहालले सहकारी संस्थामा व्यावसायिक सेवा केन्द्र स्थापना गरी बचत तथा ऋण सहकारी संस्थाको लगानी प्रवर्द्धन गर्न र उद्यमी तयार गरी उद्यम सञ्चालन गर्न आवश्यक योजना र ज्ञान सीप विकासमा तालिम उपयोगी रहने विचार व्यक्त गर्नुभयो । 

भर्चुअल विधिबाट सञ्चालित ५ दिवसीय तालिमको सहजीकरणमा प्रशिक्षक अथवा कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन) का अध्यक्ष निर्मल सिग्देल हुनुहुन्छ । तालिममा ७० जना साकोस प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । अघिल्लो साता पनि सोही तालिम प्रदेश नं.१ र २ मा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी सञ्चालन भएको थियो । तालिम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत रिता सुवेदीले र प्रविधि व्यवस्थापन सहयोग नेफ्स्कून कर्मचारी अनित चौधरीले गर्नुभएको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र