शुक्रबार, चैत्र १६
०६:२६

नासाका बैज्ञानिकहरुको क्रेडिट युनियनः छन् २ लाख बढी सदस्य 

मंगलबार, जेठ ४
एजेन्सी
saccosaawaj

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) मा आबद्ध बैज्ञानिकहरु मिलेर बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका छन् । सन् १९४९ मा नासाका ७ जना बैज्ञानिकहरुले २ डलर जम्मा गरेर क्रेडिट युनियन स्थापना गरेका हुन् । आज नासा फेडेरल क्रेडिट युनियनसँग अमेरिकाभर २ लाख सदस्य छन् भने साढे २ बिलियन अमेरिकी डलरको कारोबार छ । यसको मुख्य कार्यालय मेरिल्याण्ड राज्यस्थि अपर मार्लबोरोमा अवस्थित छ भने १ दर्जन बढी सेवा केन्द्रहरु छन् । उक्त क्रेडिट युनियनमा नासाआबद्ध बैज्ञानिकहरु तथा कर्मचारीहरु, पूर्व वैज्ञानिक तथा कर्मचारीहरु, उनीहरुका परिवार, आफन्तजन र नासाका ९ सय साझेदार कम्पनीमा आबद्ध कर्मचारीहरु सदस्य रहेका छन् । ७ संस्थापकहरु जुत्ता राख्ने बक्समा पैसा संकलन गरेर क्रेडिट युनियन स्थापनाको अभियानमा जोडिएका थिए ।

क्रेडिट युनियनले सदस्यता र कारोबारमा वृद्धि भएपनि स्थापनाकालदेखिका प्रतिबद्धताहरु भने परिवर्तन नहुने जनाएको छ । ‘हाम्रा सदस्य र उनीहरु आबद्ध समुदायको आर्थिक जीवनमा सकारात्मक परिवर्तनका लागि हामी प्रत्येक दिन लागिरेहका छौं’ क्रेडिट युनियले भनेको छ, ‘त्यही भएर हामीले हाम्रो ध्येय उज्यालो वित्तीय भविष्य निर्माणका लागि सदस्यहरुको शसक्तिकरण राखेका छौं ।’

सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्रेडिट युनियनले बालस्वास्थ्यमा काम गर्ने चिल्ड्रेन्स मिर्याकल नेटवर्क, विभिन्न खाद्य बैंकहरुलाई आर्थिक सहयोग तथा उच्च शिक्षाका लागि योग्य विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि सहयोग पुर्याउँदै आएको छ । थप जानकारी तलको लिङकमा उपलब्ध छ ।https://www.nasafcu.com/about-us

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।