शनिबार, वैशाख ८
१२:५३

‘सीइओ सर्जरी’ कार्यक्रम

आईतबार, जेठ २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एजेन्सी । बेलायतस्थित कोअपरेटिभ्स् यूकेकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) ले ‘सीइओ सर्जरी’ कार्यक्रम सुरु गर्नुभएको छ । प्रत्येक महिनाको अन्तिम बुधवार ४५ मिनेट आयोजना गरिने उक्त कार्यक्रम सहकारीमा लाग्न चाहने, लागेका वा अध्ययन अनुसन्धान गर्न चाहनेहरु  सहभागी हुनसक्नेछन् भने प्रारम्भिक संस्थाका सीइओहरुले पनि संस्थाको समस्याका बारेमा सल्लाह सुझाव लिन सक्नेछन् । हरेक व्यक्ति (वन टु वन) सहभागी भएर आफ्ना जिज्ञासाहरु राख्न सक्ने भएकाले कार्यक्रम प्रभावकारी हुने बताइएको छ । यो एक किसिमको परामर्श कार्यक्रम हो जसमा अनुभवी सीइओले अन्य संस्था वा सहकारीकर्मीका समस्त समस्या र उल्झनहरुको चिरफार गरी निदानात्म उपायहरु समेत सुझाइन्छ । 

गत जनवरी ४ मा सीइओ नियुक्त हुनुभएकी रोज मार्लीले नयाँ कार्यक्रम स्वरुप ‘सीइओ सर्जरी’ घोषणा गर्नुभएको हो । कोभिडका कारण हाल अभौतिक सञ्चालन गरिने कार्यक्रममा सहभागिताका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने हुन्छ । कोअपरेटिभ्स यूके बेलायतस्थित हजारौं सहकारीहरुको सञ्जाल हो । सदस्य संघ संस्थाका गतिविधिहरुका बारेमा जानकारी लिन र वास्तविक वस्तुस्थिति जान्न उक्त कार्यक्रम प्रभावकारी हुने भएकाले सीइओ सर्जरी कार्यक्रम राखिएको मार्लीले बताउनुभयो । कोभिड प्रभाव न्यून भएपछि भौतिक रुपमा नै यस्तो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र