शुक्रबार, चैत्र १६
०२:५३

आज २ सय ५० औं रोबर्ट ओवेन जन्मजयन्ती

शुक्रबार, वैशाख ३१
एजेन्सी
saccosaawaj

काठमाडौं । आज १४ मे । विश्व सहकारी अभियानका पिता एवम् समाज सुधारक रोबर्ट ओवेनको २ सय ५० औं जन्मजयन्ती हो आज । ओवेनको जन्म बेलायतको वेल्सस्थित न्यूटाउनमा सन् १७७१ मे १४ मा भएको थियो । पिता रोबर्ट ओवेन र आमा अ्यामी विलियम्सका उनी छैठौं सन्तान थिए ।

उनी श्रमिक हकहित संरक्षण र निःशुल्क शिक्षाका पनि प्रखर वकालक थिए । आफ्ना सहयोगी कामदारहरुको पारिश्रमिक, सेवा सुविधा, दैनिक सेवा अवधिलगायतका आधारभूत विषयमा न्याय र विवेकपूर्ण निर्णयहरु लिएका ओवेन श्रमिकहरुको सामाजिक आर्थिक अवस्था उकास्न सहकारी महत्वपूर्ण माध्यम भएको निष्कर्षमा पुगेका थिए । अधिकांश रोबर्ट ओवेन समर्थकहरु (ओवेनाइट्स) हरुको अगुवाईमा पछि सन् १८४४ अक्टोबर २४ मा बेलायतकै टोड लेनमा अक्टोबर २४ मा विश्वकै पहिलो सहकारी उपभोक्ता पसल दर्ता भएको थियो जसको औपचारिक सञ्चालन भने डिसेम्बर २१ शनिवारको दिन बेलुकीपख भएको थियो । 

सहकारी विचारका प्रवर्तक् ओवेन श्रमिक हकहितका वकालत गर्ने परोपकारी व्यक्ति थिए । प्रतिस्पर्धाको स्थानमा प्रजातन्त्र, स्वशासन, स्वउत्तरदायित्व, स्वसहयोग आदिमा आधारित सहकारी पद्धतिमार्फत आर्थिक र सामाजिक विकास सम्भव भएको उनको ठम्याई थियो । उनको विचार आज विश्वले बोकेको छ । संयुक्त राष्ट्र संघले सन् २०१२ लाई संयुक्त राष्ट्र संघीय ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष’ घोषणा गर्दै विभिन्न कार्यक्रमसहित मनाएको थियो । सन् २०२१ ओवेनको २ सय ५० औं जन्मजयन्ती वर्ष हो ।

१० वर्षको उमेरमा कपडा उद्योगमा सहयोगीका रुपमा काम थालनी गरेका उनी पछि म्यान्चेस्टरस्थित ठूलो कपडा कारखानाको व्यवस्थापक र  लगानीकर्ता समेत बनेका थिए । उनको कारखानाको उत्पादन अत्यन्त उच्च कोटीको हुन्थ्यो । बाल तथा युवा अधिकार संरक्षणका क्षेत्रमा समेत उनको योगदानको चर्चा आजसम्म हुन्छ । उनी जोश जाँगरले भरिएका, समाजका लागि ‘केही गरौं’ भन्ने इमान्दार समाजसुधारक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूटाउनमा आवेन जन्मेको घर नजिकै रोबर्ट ओवेन म्युजिम समेत सञ्चालनमा छ भने उनको पूर्ण कदको सालिक समेत निर्माण गरिएको छ ।

विश्वभर नै कोरोना महामारीको दोस्रो लहर फैलिएका कारण उनको २ सय ५० औं जन्मजयन्तीमा भौतिका कार्यक्रमहरु आयोजना गरिने छैन तर बेलायतको वेल्समा आज, भोली र पर्सि फोटो प्रदर्शनी, अनलाइन टक शो, जुममार्फत अन्तरक्रियात्मक कार्यक्रम तथा अमेरिकामा पनि कविता वाचन कार्यक्रम राखिएको छ । सानै देखि फुर्तिला ओवेन पढ्न पनि खुवै रुचाउँथे । ओवेनको मृत्यु सन् १८५८ नोभेम्बर १७ मा न्यूटाउनमै भएको थियो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।