शुक्रबार, वैशाख १४
०२:२७

ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक सहकारीहरुको भूमिका महत्वपूर्ण

बुधबार, वैशाख २२
एजेन्सी
saccosaawaj

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्रामीण क्षेत्रमा तीब्र गतिको इन्टरनेट सेवा प्रवाह गर्दै आएका विद्युत सहकारीहरुको उच्च प्रशंसा गर्नुभएको छ । बाइडेन प्रशासनले अमेरिकाको ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाहका लागि १ सय विलियन अमेरिकी डलर खर्च गर्ने प्रस्ताव गरिरहेको समयमा उपराष्ट्रपति ह्यारिसले ग्रामीण विद्युतीकरणसँगै तीब्र गतिको इन्टरनेट सेवा प्रवाहमा जुटेका सहकारीहरुको भूमिकाप्रति खुसी व्यक्त गर्नुभएको हो । विद्युतीय सहकारीका माध्यमबाट ग्रामीण भेगमा सुलभ तर तीब्र गतिको इन्टरनेट पहुँचमा पुर्याएको योगदान महत्वपूर्ण भएको उहाँको भनाई थियो ।

सन् १९३० को दशकमा पनि अमेरिकाले सहकारीमार्फत विद्युतीकरण र इन्टरनेट सेवा प्रवाहको योजना अघि सारेको थियो । उपराष्ट्रपति ह्यारिसले हालै न्यू ह्यामसायरस्थित विद्युत सहकारीको अवलोकन भ्रमणका क्रममा भन्नुभयो,“ अहिले अमेरिकाका विद्युत सहकारीहरुले गरेको काम सन् १९३६ तिर गर्न खोजिएको जस्तै हो, बिचमा सरकार परिवर्तनका कारण सम्भव भएन ।” अब अमेरिकाका सबै कुनाकन्दरासम्म विद्युत पुर्याई सहज इन्टरनेटको सुविधा उपलब्ध गराउने काममा विद्युत सहकारीको भूमिका थप आवश्यक हुने उहाँले बताउनुभयो । समुदायमा आधारित सहकारीहरुका माध्यमबाट अमेरिकी जनतामा विद्युत र इन्टरनेट जस्तो अत्यावश्यक सेवा प्रवाहमा सहज उहाँले उपराष्ट्रपति ह्यारिसले बताउनुभयो ।

“म अत्यन्त खुसी छु कि तपाईहरु त्यस्तो काममा लाग्नुभएको छ जसका माध्यमबाट सहकारी मोडल हाम्रो लागि कति आवश्यक छ र यसमार्फत कति धेरै काम गर्न सकिन्छ भनेर पुष्टि गर्दै हुनुहुन्छ,” उपराष्ट्रपति ह्यारिसले भन्नुभयो, “सहकारी क्षेत्रमा लागेको जनशक्ति धेरै नै दक्ष रहेको प्रमाणित भैरहेको छ ।”

उक्त भ्रमणका क्रममा उपराष्ट्रपति ह्यारिसले फाइबर नेटवर्क जडान गर्नका लागि आवश्यक मेसिन तथा उपकरणहरुका बारे जानकारी लिनुभएको थियो ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।