शनिबार, वैशाख ८
०४:३२

सन् २०२१ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम Rebuild Better Together

बिहीबार, वैशाख २
एजेन्सी
saccosaawaj

एजेन्सी । विश्व सहकारी अभियानको सबैभन्दा महत्वपूर्ण दिन अन्तर्राष्ट्रिय सहकारी दिवसको यस वर्षको थिम ‘Rebuild Better Together' (रिबिल्डि बेटर टुगेदर) तय गरिएको छ । विश्व सहकारी अभियानको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् २०२१ को अन्तर्राष्ट्रिय सहकारी दिवस (कोपप्स् डे) को थिम तय भएको जनाएको हो । विश्वभर प्रत्येक जुलाई महिनाको पहिलो शनिवार मनाईने कोपप्स् डे को यस वर्षको थिम ‘रिबिल्डि बेटर टुगेदर’ (एकजुट भई राम्रो पुननिर्माणमा जुटौं) तय गरिएको हो । नेपाली क्यालेन्डर अनुसार यो वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस असार १९ गते (जुलाई ३, २०२१) मा परेको छ भने गत वर्ष असार १९ (४ जुलाई, २०२०) मा परेको थियो । गत वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम  ‘Coops For Climate Action' जलवायु कार्यका लागि सहकारी’ तय गरिएको थियो ।


विश्व सहकारी अभियानले सन् १९२३ देखि कोपप्स् डे मनाउँदै आएको छ भने सन् १९९५ देखि अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आइसीए डे को थिम तय गर्दै आएका छन् । यसरी हेर्दा यो वर्ष ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस हो । सन् १९९२ मा आइसीए सदस्यहरु र सहकारी प्रवर्धन तथा विकास समिति (कोप्याक) सदस्यहरुको संयुक्त पहलका कारण संयुक्त राष्ट्र संघीय महासभाले सन् १९९५ को जुलाई महिनाको प्रथम शनिवारलाई आइसीए स्थापनाको १ सय वर्ष पूरा भएको दिनलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

विश्वभरका सहकारीहरुले विश्वव्याधी कोभिड १९ को एकजुट भएर कसरी सामना गरिरहेका छन् भन्ने विषयमा आफ्नो गतिविधिहरु केन्द्रित गर्ने अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले जनाएको छ । आइसीएका अध्यक्ष एरियल ग्वार्कोले विश्वभरका सहकारी र आइसीएका रणनीतिक साझेदारहरुलाई कोपप्स डे को तयारीका लागि आग्रह गर्दै सहकारीहरुले कसरी ऐकताबद्ध भएर पुनर्निर्माण गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभएको छ । आइसीले यस वर्षको कोपप्स डे सम्बन्धी लोगो, मुख्य सन्देश तथा डिजिटल सामाग्रीहरु चाँडै उपलब्ध हुने जनाएको छ ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।