शुक्रबार, वैशाख ७
०१:४५

प्रबल जनसेवा पदकबाट २ सहकारीकर्मी विभूषित

शुक्रबार, चैत्र २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल सरकारले २०७६ साल असोज ३ गते संविधान दिवको अवसरमा घोषणा गरेको विभूषण (मानपदवी, अलंकार र पदक) मध्ये प्रबल जनसेवा श्री (चतुर्थ ) बाट सहकारी क्षेत्रका दुई व्यक्ति र सहकारी मन्त्रालयको तर्फबाट एक व्यक्ति विभुषित हुनुभएको छ । आज (२०७७/१२/२७) राष्ट्रपति भवनमा आयोजित बिभुषण सुशोभन समारोहबाट राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल र कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक प्रबल जनसेवा श्री (चतुर्थ ) बाट विभुषित हुनुभएको हो भने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव चन्द्रकला पौडेल सहकारी मन्त्रालय मातहत रहेर उत्कृष्ठ कार्य गरेकोमा जनसेवा पदकबाट विभूषित हुनुभएको हो । सहकारी अभियानको प्रवद्र्धन र विकासमा खेलेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरप प्रवल जनसेवाश्री चर्तुर्थ श्रेणीद्वारा उहाँहरुलाई विभुषित गरिएको हो ।

सरकारले २०६७ भदौ ३१ गतेको निर्णयबाट ४ सय ५० जनालाई विभूषण प्रदान गर्ने सूचना सार्वजनिक गरेको भएपनि सोही बर्ष बिभुषण सुशोभन समारोह हुन नसकेको कारण देखाउँदै चैत्र २७ गते राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित सुशोभन समारोहका लागि सूचना जारी गरेको थियो । 

त्यसैगरी २०७७ असोज २ गते पाँचौ संविधान दिवसको अवसरमा सहकारी क्षेत्रसम्बद्ध ४ जनालाई जनसेवा पदकबाट विभूषि गर्ने घोषणा गरेको थियो । सरकारले २०७७ असोज २ गते घोषित विभूषण (नयाँ बषर्) २०७८ साल बैशाख १ गते बुधबार विहान १० बजेदेखि प्रदान गरिने सूचना सार्वजनिक गरेको छ । आगामी बैशाख १ गते विभूषित हुने सहकारीकर्मीहरुमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनक राज जोशी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग र सहारा नेपाल साकोसका सचिव एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक महेन्द्र गिरी हुनुहुन्छ । सरकारले यस बर्ष ५ सय ९३ जनालाई विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गर्ने घोषणा गरेको सूचना २०७७ असोज २ गते राजपत्रमा प्रकाशन गरेको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र