शनिबार, वैशाख ८
०९:०९

ऐन कार्यान्वयनमा सम्झौता हुँदैन: नेफ्स्कून अध्यक्ष पौड्याल

मंगलबार, चैत्र २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी ऐन कार्यान्वयनमा सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभयो । जिल्ला सहकारी सङ्घ काठमाडौँ र शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित ‘सहकारीमा समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले ‘पर्ख र हेर’ मा विभाग बस्न नमिल्ने भन्दै ऐन कार्यान्वयन गर्न विभाग कडाइका साथ लाग्नुपर्ने बताउनुभयो । ‘३०/ ७० प्रतिशत कारोबार र कार्यकारीको व्यवस्था कार्यान्वयन हुनैपर्छ’ उहाँले भन्नुभयो । भुक्तानी फर्छ्यौट समस्या समाधान गर्न राष्ट्र बैङ्कले सहकारीलाई समावेश गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्र बैंकले सहकारीलाई नचिन्ने भएकाले राष्ट्र बैंक ऐन संशोधन हुनुपर्ने तर्क अध्यक्ष पौड्यााले गर्नुभयो । तीन खम्बे अर्थनीति कार्यान्वयन चुनौती रहेको भन्दै कार्यान्वयन गर्न सबै जुट्नुपर्ने उहाँले बताउनुभयो । ‘ऐन कार्यान्वयन समस्या छ’ उहाँले भन्नुभयो,  ‘विभागले ऐन कार्यान्वयन गराउन कुनै कन्जुस्याई गर्न हुन्न ।’ नियमन गर्न सहकारी विभागको सामर्थ्र्य कम भएको भन्दै क्षमता बढाउनुपर्ने उहाँको भनाई थियो ।

कोभिडको समयमा बैंक र नेफ्स्कूनले १÷१ अर्बको कोष बनाएपनि सहकारीहरुबाट माग नआएको बताउँदै अध्यक्ष पौड्यालले भन्नुभयो, ‘हाम्रो नेटवर्कभित्र भएका सहकारीको उत्तरदायित्व हामी लिन्छौं । साकोसको शुद्धिकरणका लागि साकोस ऐन आउनुपर्ने उहाँले दोहोर्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कडेलले सहकारी ऐन २०७४ कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो । उहाँले तत्काल ऐन संशोधन नभए कार्यान्वयन गर्न नसकिने बताउनुभयो । अध्यक्ष कडेलले सहकारीलाई उत्पादनसँग नजोडी सुखै नभएकोमा जोड दिनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र