मंगलबार, वैशाख ११
११:५९

६ पटक नोबेल पुरस्कारका दाबेदार जापानी सहकारीका पिता कागावा  

शुक्रबार, चैत्र ६
रञ्जनमणि पौड्याल
saccosaawaj

तोयोहिको कागावा (जुलाई १०, १८८८– २३ अप्रिल, १९६०) लाई जापानी सहकारीका पिता मानिन्छ । आफ्नो सम्पूर्ण जीवन सहकारीसँगै कृषक, श्रमिक र पिछडिएका वर्गहरुको हकहितमा खर्चिनभएका उहाँले जापानमा बालिग मताधिकारको पक्षमा पनि वकालत गर्नुभयो भने विपत व्यवस्थापन, गरिबी निवारण आदिका क्षेत्रमा पनि आजीवन क्रियाशील रहनुभयो । सहकारीकर्मीसँगै अधिकारकर्मी, धर्मप्रचारक, लेखक र समाज सुधारकका रुपमा बहुप्रतिभाशाली छविसहितको ओजपूर्ण व्यक्तित्व बनाउन सफल कागावाका बारेमा यहाँ थप चर्चा गरिएको छ । 

जन्म र शिक्षा 
कागावाको जन्म सन् १८८८ मा जापानको कोबे सहरमा भएको थियो । ४ वर्षको हुँदा पिता केम र माता जुनीचीको निधन भएपछि उहाँ टुहुरो हुनुभयो । त्यपछि कागावाको पालन पोषण क्रिश्चियन पादरीहरुले गर्नुभएको थियो जसका कारण उहाँमा उक्त धर्मप्रति लगाव पैदा भयो । फलतः उहाँ सानैमा क्रिश्चियन हुनुभयो । जापानमा अध्ययन सकेपछि उहाँले अमेरिकी विश्वविद्यालयमा पनि थप अध्ययन गर्नुभएको जापानी इतिहासमा उल्लेख छ । उहाँले धर्मशास्त्र विषयको औपचारिक शिक्षा हासिल गर्नुभएका थियो ।

अर्थतन्त्र उठाउन सहकारी
पहिलो विश्व युद्ध (१९१४–१९१८) ले जन्माएको आर्थिक मन्दीले अन्य मुलुकहरु झैं जापानी जनजीवन पनि प्रतिकुल प्रभावित बन्यो । त्यसबाट उन्मुक्तिको प्रयास स्वरुप तायोहिको कागावाको अगुवाइमा २ वटा उपभोक्ता सहकारीहरु स्थापना भए– १२ १९२१ मा कोवे कन्ज्युमर कोअपरेटिभ अप्रिल र १९२० मा नाडा पर्चेज एशोसिएशन जुन पछि मर्ज भएर कोप कोवे बनेको थियो । सन् १९२१ मा कागावाले कोवे उपभोक्ता सहकारी स्थापनाको अगुवाई गर्नुभयो । त्यसअघि १९२० मा उहाँले उपभोक्ता सहकारी कोप कोएकिसा स्थापना गर्नुभएको थियो ।

कोप कोवेलाई कन्ज्युमर कोअपरेटिभ कोवेका रुपमा पनि विश्वले चिन्दछ । यस बाहेक कागावाले क्योटो फ्यामिली कोअपरेटिभ, टोकियो स्टुडेन्टस् कन्ज्यमुर कोअपरेटिभ, मेडिकल सर्भिस युजर्स कोअपरेटिभ आदि अन्य थुप्रै सहकारीहरु पनि स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सन् १९४५ नोभेम्बरमा उहाँले जापानी सहकारी महासंघको भेला आयोजना गर्नुभयो । सन् १९५१ मा कागावाले जापानी उपभोक्ता सहकारी संघ गठनको अगुवाई गर्नुभयो जसको संस्थापक अध्यक्षको रुपमा उहाँले मृत्यु पर्यन्त नेतृत्व गर्नुभयो ।

कागावाको कोप कोवे
कागावाले स्थापना गरेको कोप कोवे रोजडेल पायोनिर्यस सहकारी मोडलमा आधारित थियो । चर्को मुल्यवृद्धिलाई ध्यानमा राखी उपभोक्ताहरुलाई सहज, सरल र गुणस्तरीय उपभोग्य सामान एउटै छातामुनिबाट उपलब्ध गराउने उद्देश्यसहित सुपरमार्केट र घरदैलो सेवाका रुपमा कोप कोवेलाई विकसित गर्दै लगिएको थियो ।

हाल ३० लाख बढी सदस्य भएको कोप कोवे विश्वको ठूलो उपभोक्ता सहकारीहरुमध्येको एक हो । अन्तर्राष्ट्रिय सहकारी महासंघले हालै सार्वजनिक गरेको विश्वका उत्कृष्ट ३ यस सहकारीहरुको सूचीमा कोवे १ सय ८४ औं स्थानमा छ । यद्यपि, उपभोक्ता सहकारीहरुमा भने यो विश्वमै अग्रणी स्थानमा छ । कोप कोवेका करिब ३० प्रतिशत सदस्यहरु ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरु छन् । जापानभर यसका १ सय ७० किनमेल केन्द्रहरु छन् भने सदस्यहरुका लागि घरदैलो सेवा समेत पुर्याइरहेको छ । कोवेले ‘केयरिङ् एण्ड कोअपरेशन्’ लाई मुल मर्मका रुपमा लिदैं कार्यक्रमहरु अघि सारेको छ । सन् १९७८ देखि यसले किनमेलका लागि ग्राहकहरुलाई घरबाटै झोला बोकेर ल्याउन प्रेरित गर्न ‘मेरो झोला अभियान’ (माई ब्याग क्याम्पेन) प्रारम्भ गर्यो । 

कागावालाई अमेरिकी राष्ट्रपतिको निम्तो
३२ औं अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डी रुजभेल्ट सन् १९२९ को अपकल्पनीय आर्थिक मन्दी ‘ग्रेट डिप्रेसन’ बाट मुलुकलाई उतार्न प्रयासरत हुनुहुन्थ्यो । यसका लागि उहाँले सहकारी मोडलको सहायता लिने योजना तयार पार्नुभयो । त्यसैकारण तत्कालीन अमेरिकी राष्ट्रपति रुजभेल्टले कागावालाई अमेरिका आमन्त्रण गर्नुभयो । त्यसबेला जापानी सहकारी अभियानलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कागावा अमेरिकामा सहकारी अभियानबारे औपचारिक सम्बोधन गर्ने उपयुक्त व्यक्ति भएको ठहर राष्ट्रपति रुजभेल्टले गर्नुभयो । यसै सिलसिलामा ६ महिना अमेरिका बसाईका क्रममा उहाँले १ यस ४८ सहरमा सहकारीसम्बन्धी ५ सय बढी कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको थियो । उहाँका ती भाषणहरु त्यसबेला अमेरिकी रेडियोबाट समेत प्रसारण गरिएको थियो । सहकारीसम्बन्धी कागावाका सम्बोधनहरु करिब ७ लाख अमेरिकीहरुले सुनेको बताइन्छ । कागावाको सम्बोधनको असरका कारण पनि अमेरिकामा करिब ३ हजार सहकारीहरु स्थापना भएको थियो । अमेरिकापछि कागावाले सहकारीसम्बन्धी प्रचार प्रसारकै सिलसिलामा युरोप भ्रमणमा समेत जानुभयो । सामाजिक, सहकारी र पिछडिएका क्षेत्रहरुको उत्थानमा पुर्याएको कदर स्वरुप कागावा सन् १९५४ देखि १९६० सम्म ४ वर्ष नोवेल शान्ति पुरस्कारका लागि छनौट समेत हुनुभएको थियो । 
 
कागावाको लेखन कला
कागावा अत्यन्त कुशल लेखक पनि हुनुहुन्थ्यो । उहाँका अधिकांश लेख कागावा तोयोहिको जेन्शु (१९६४) मा समेटिएका छन् । सन् १९२१ र १९२२ मा जेल जीवन बिताउँदा उहाँले आफ्ना दुई उपन्यासहरु लेख्नुभएको थियो– क्रसिङ द डेथलाइन र सुटिङ अ्याट द सन । ती दुबै पुस्तक सर्वाधिक बिक्री (बेस्ट सेलर) को किर्तिमान राख्न सफल भएका थिए । १ सय ५० भन्दा बढी कृतिका लेखक कागावाले विशेषतः क्रिश्चिियन धर्मसम्बन्धी रचनाहरु सिर्जना गर्नुभएको थियो । यसैगरी, उहाँको जीवनी र योगदानका सम्बन्धमा पनि थुप्रै पुस्तकहरु लेखिएका छन् । लेखनतर्फको उहाँको शिल्पको कदरस्वरुप उहाँ सन् १९४७ र १९४८ मा साहित्यतर्फको नोबेल पुरस्कारका लागि पनि छनौट हुनुभएको थियो ।

सन् १९६० मा ७२ वर्षको उमेरमा कागावाको निधन भएको थियो । 

(एजेन्सीहरुको सहयोगमा)

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।