शुक्रबार, वैशाख ७
१०:०९

सहकारीको कुशल व्यवस्थापकीय कौशल

सोमबार, फागुन २४
saccosaawaj

शान्ता राई
प्रबन्धक
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
शारदा नगरपालिका २ सल्यान, खलङ्गा

सहकारीमा योजना तथा बजेट निर्माण गर्ने, सो बमोजिम कार्यान्वयन र नियन्त्रण गर्ने र समन्वय गर्ने देखि सहकारीको सम्पुर्ण कार्य सन्चालन गर्ने जिम्मेवारी व्यवस्थापकको हुन्छ । महिला व्यवस्थापक संस्थाप्रति समर्पित भएर यसको जिम्मेवारी निर्वाह गर्न र लक्ष प्राप्तीका लागि निरन्तर रुपमा अग्रसर हुन्छन् । महिलाहरुमा ईमान्दारिता, सहनशिलता, लगनशिलता, धैर्यता, नम्रता र सत्यताको गुणहरु हुन्छ ।  एउटा महिलाले घर परिवार संगठित भएर सन्चालन गर्नका लागि सकारात्मक सोचका साथ आफ्नो बानी व्यवहारलाई सुसंस्कारमा परिणत गरेका हुन्छन् ।  ठीक त्यसै तरह महिला व्यवस्थापकले सकारात्मक सोचका साथ लक्ष प्राप्तीका लागि आफुमा भएका सिप, क्षमता, योग्यता र असल गुणलाई सदुपयोग गरी अगाडि बढेमा निश्चित रुपमा एक सफल सहकारीको उदाहरणिय महिला व्यवस्थापक हुन सकिन्छ । 

सहकारी एक त्यस्ता व्यक्तिहरुको स्वायत्त संगठन हो जसले एक आपसी स्वामित्व र लोकतान्त्रिक रुपमा संचालित उद्योग मार्फत स्वेच्छाले उनीहरुको आर्थिक, सामाजिक, र सांस्कृतिक लाभको लागि सहयोग गर्दछ । सहकारी संस्था नाफा नकमाउने समुदाय, संगठनहरु र व्यवसायहरु मार्फत स्वामित्व र व्यवस्थित छन् । सहकारीहरु आत्म सहयोग, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, समता(न्याय) र ऐक्यबद्धता जस्ता मूल्यहरुमा आधारित छन् । सहकारीहरु खासगरी यसका मूल्य एवं मान्यताका आधारमा सदस्यताको माध्यमबाट महिला सशक्तिकरणमा उपयोगी छन् ।

सहकारीले समूदायमा रहेका जनतालाई एकतावद्घ गर्न र विकासको दिशामा लैजानमा अभूतपूर्व भूमिका खेल्छ । यसले उत्पादकहरुको सहकारी, उपभोक्ता सहकारी आदि विभिन्न क्षेत्रहरुमा विभिन्न प्रकारका सहकारी संस्थालाई जन्म दिएको छ । सहकारी संस्था आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले गठित भएका हुन्छन् । एक वाक्यमा सहकारिताको दर्शन“ एकका लागि सबै र सबैका लागि एक” को सार भन्न सकिन्छ । सहकारीलाई अन्तर्राष्ट्रिय सहकारी गठबन्धनले परिभाषित गरिएको छ एक  संयुक्त स्वामित्व र लोकतान्त्रिक नियन्त्रणमा रहेका उद्यमहरु मार्फत उनीहरुको साझा आर्थिक, सामाजिक र सांस्कृतिक आबश्यकताहरु र आकांक्षा पूर्ति गर्न स्वेच्छाले एकता भएका व्यक्तिहरुको स्वायत्त संघ हो ।

भर्खरै सहकारी विभागले निकालेको तथ्यांक अनुसार नेपालको सहकारी संघ संस्थाहरुमा अहिले कुल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ जना सदस्यहरु छन् । जस मध्ये ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्यहरु छन् । पुरुषको तुुलनामा महिला सदस्यहरु १२ प्रतिशतले बढी भएता पनि महिलाहरु सहकारी संघ संस्थाहरुको व्यवस्थापकिय र नेतृत्वदायी भुमिकामा एकदमै न्युन सहभागी रहेको छ ।

सहकारी संघ संस्थाहरु जुन महिलाले पूर्ण रुपमा बनाएको हो र बनिएको, संरचनात्मक ढङ्गले हुन सक्दछ कि यसले महिलाहरुलाई भाग लिन सजिलो बनाउछ । धेरै विकासोन्मुख देशहरुमा त्यहाँ प्रचलित गलत धारणा छ जुन प्रजनन र घरेलु भूमिका महिलाको सबैभन्दा महत्वपूर्ण काम हुनु पर्दछ । जब महिलाहरुले अन्य भूमिकाको शीर्षमा आयआर्जन गर्ने काम थप्ने प्रयास गर्दछन, घरपरिवारमा श्रम र हेरचाहको कामको असमान विभाजनलाई समर्थन गर्ने दबाबले उनीहरुको रोजगारीको छनौटलाई गम्भीर रुपमा प्रतिवन्धित गर्दछ, तिनीहरुलाई सहकारीमा बाहिरी सर्कलमा राख्छ किन भने त्यहाँ थोरै समय हुन्छ ।

भूमिका

सहकारी संस्थामा महिलाहरुले विशिष्ट किसिमको लक्ष्यहरुलाई लक्षितगरि योजना बनाएको हुन्छन् जसको परिणाम सहकारी विशिष्ट एवं सफल हुन पुग्दछ । सामाजिक, आर्थिक वा सांस्कृतिक पक्षमा महिलाहरु एकदमै मजबुद ढङ्गले प्रस्तुत हुन्छन र उन्नति एवं प्रगतिको गतिलाई बढाउन सदैव चलायमान हुन्छन । सहकारीमा आबद्घ शेयर सदस्यहरुलाई निरन्तर रुपमा आर्थिक अनुशासनको सबल पक्षलाई जोडदार तरिकाले बुझाउन सक्ने कला भरिपूर्ण हुन्छ । आफ्नोे काममा लगनशीलता, आर्थिक पक्षमा ईमान्दारीता र मितव्ययिता अपनाउन सक्नु नै महिलाहरुको प्रमुख विशेषतामा पर्दछ, फलस्वरुप प्रत्यक्ष रुपमा सहकारीलाई सफल बनाउन टेवा पु–याउदछ ।

महिलाहरुले आफ्नोे सङ्ग संगतीहरुलाई सजिलैसँग सदस्यको रुपमा समावेश गर्न प्रोत्साहन गर्न सक्दछन । महिलाहरुले तुलनात्मक रुपमा कृषि क्षेत्र, घरायसी उत्पादन र अन्य बहुद्देश्यीय क्षेत्रमा चासो देखाउने भएकोले सहकारीका शेयर सदस्यहरुलाई उद्यमी बनाउन अभिप्रेरित गर्छन । आफ्नोे कामको सकारात्मक रुपमा उत्तरदायित्व लिने र सानो सानो पूँजीलाई संकलन गरेर ठूलो पूँजीमा परिणत गर्न सक्ने क्षमता र धैर्यताले गर्दा सहकारीलाई आर्थिक रुपमा सबल बनाउन महिला व्यवस्थापकको ठुलो भूमिका रहेको हुन्छ । विकासोन्मुख देशहरुमा सहकारीको सफलताको लागि निष्कर्ष र लुकेका सम्भावनाहरुलाई आदान प्रदान गर्न महिलाहरु सक्षम हुन्छन । सहकारी संस्था विकासका लागि सम्भावित विकासका मार्गहरुलाई चयन गरी कार्यान्वयन गर्नका लागि पनि लचकता देखाउन सक्दछन । खास गरेर ग्रामीण भेगमा रहेका महिलाहरुलाई व्यक्तिगत, सामाजिक, मनोवैज्ञानिक र आर्थिक सशक्तिकरणमा कसरी सकारात्मक प्रभाव पार्ने भन्ने कुराको अध्ययन र खोजी सजिलै गर्न सक्दछन जसको प्रत्यक्षप्रभाव सहकारी संस्थाको सफलतासँग जोडिएको हुन्छ । सम्भाव्य सुझावहरुलाई संप्रेषण गर्नका लागि प्रभावकारी कदम चाल्ने र समाजको विद्यमान गतिविधिहरुलाई विविधिकरण गर्न नयाँ रणनीतिहरुमा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न र गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन ।

सहकारीमा योजना तथा बजेट निर्माण गर्ने, सो बमोजिम कार्यान्वयन र नियन्त्रण गर्ने र समन्वय गर्ने देखि सहकारीको सम्पुर्ण कार्य सन्चालन गर्ने जिम्मेवारी व्यवस्थापकको हुन्छ । महिला व्यवस्थापक संस्थाप्रति समर्पित भएर यसको जिम्मेवारी निर्वाह गर्न र लक्ष प्राप्तीका लागि निरन्तर रुपमा अग्रसर हुन्छन् । महिलाहरुमा ईमान्दारिता, सहनशिलता, लगनशिलता, धैर्यता, नम्रता र सत्यताको गुणहरु हुन्छ जसको कारणले गर्दा नै एउटा महिलाले घर परिवार संगठित भएर सन्चालन गर्नका लागि सकारात्मक सोचका साथ आफ्नो बानी व्यवहारलाई सुसंस्कारमा परिणत गरेका हुन्छन् र सो बमोजिम व्यवहारमा कार्यान्वयन गरी एउटा खुसी, सुखी र समृद्ध परिवार बनाउन सफल भएका हुन्छन् । ठीक त्यसै तरह महिला व्यवस्थापकले सकारात्मक सोचका साथ लक्ष प्राप्तीका लागि आफुमा भएका सिप, क्षमता, योग्यता र असल गुणलाई सदुपयोग गरी अगाडि बढेमा निश्चित रुपमा एक सफल सहकारीको उदाहरणिय महिला व्यवस्थापक हुन सकिन्छ । यसरी नै सहकारीमा महिला व्यवस्थापकको महत्वपुर्ण भूमिका रहन्छ ।
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ