बिहीबार, चैत्र १५
११:४५

समृद्धिको मार्ग 

सोमबार, फागुन २४
saccosaawaj


कमला सुवेदी, काठमाडौं
प्रशिक्षक एवम् उद्यमी

अन्यायमा लड्छौं हामी, जरुर अघि बढ्छौं ।
आँट हिम्मत साहस बोकी, पक्कै शिखर चढ्छौं ।। 
संकल्प छ दृढ हाम्रो, बलियो छ आधार ।
शिक्षा जोडे सीपसँग, स’पना हुन्छ साकार ।।

एउटा हातमा सीप अनि, अर्कोमा लिई शिक्षा ।
यी दुइले हा‘मलाई दिन्छ, आत्मबल र इच्छा ।।
अवसर अधिकार, सधै खोजी हिड्छौं ।
खुट्टा तान्ने प्रवृत्तिको, विरोध हामी गर्छैं ।।

ढिलो भयो उठौं अब, बहाना न खोजौं ।
महिला पुरुष सबै मिली, हिंसा अन्त्य गरौं ।।
विभेद अनि विभाजनका, पर्खाल भत्काउनु छ ।
समता र समानताको, गीत गाउनु छ ।। 

बलात्कार वालविवाह, अन्त्य गरी छाड्छौं ।
निर्मला र कमलालाई, न्याय दिलाई छाड्छौं ।।
जागरणमा जागँर मिले, सृजना सम्भव छ ।
उद्यमशीलता सबैभन्दा, अचूक अस्त्र रैछ ।।

हरेक घर एक उद्यमी, अब एउटै नारा 
समृद्धिको मार्ग यही हो, छैन लक्ष्य टाढा 
  
हिड्दै सिक्दै, लड्दै, उठ्दै हामी अघि बढ्छौं ।
एकदिन त अवश्य नै, सफल हामी हुन्छौं ।।
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ