शनिबार, वैशाख ८
१२:४८

कमलामाई नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता 

शुक्रबार, फागुन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । फागनु २० गते उक्त कार्यक्रम नगरपालिकाको कार्यलयमा एक समारोहबीच सम्पन्न भएको हो । कार्यक्रममा नेफ्स्कूनका संचालक सदस्य जिवसराज खड्का र बरिष्ठ अधिकृत नविनराज दहालले हस्ताक्षर गर्नुभएको थियो भने नगरपालिकाको तर्फ बाट कमलामाई नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खत्री र प्रमुख प्रशासकिय अधिकृत विशेकसेन ढकालले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख खत्रीले आधारशिला कार्यक्रमलाई प्रभावकारी वनाउन नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने  धारणा राख्नुभएको थियो । कार्यक्रमका विषयमा केही समय अघि नै अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भइसकेको थियो । आधारशिला कार्यक्रम नेफ्स्कूनले स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने नवीन कार्यक्रम हो । यसमार्फत सहकारी संस्थाहरुमा सुशासन र गुणस्तरीयता प्रवर्धन गर्ने लक्ष्य लिइएको छ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र