बिहीबार, चैत्र १५
०८:३८

दक्षिण कोरियाली राष्ट्रपतिको रोजाई ‘सहकारी जुत्ता’

मंगलबार, फागुन ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एजेन्सी । दक्षिण कोरियाको सहकारी अभियान एशिया महादेशकै बलियो मानिन्छ । एशियाभरकै सर्वोत्कृष्ट त्यहाँको बचत तथा ऋण सहकारी अभियान विश्व सहकारी अभियानको लागि पनि उदाहरणीय छ । त्यहाँका राष्ट्रपति मुन जे इन पनि सहकारीलाई त्यतिकै माया गर्नुहुन्छ । यसको प्रमाण उहाँले लगाउने ‘सहकारी जुत्ता’ पनि हो । सन् २०१० मा स्थापित ‘एजियो’ नामक सहकारी स्टोरले आफै बनाएर बिक्री गर्ने जुत्ता मुलुकका राष्ट्रपतिको रोजाई बनेको हो ।

सोही कारण उक्त सहकारी स्टोरका जुत्तालाई स्थानीयहरुले ‘राष्ट्रपतिको जुत्ता’ नामाकरण गरेका छन् । सन् २०१२ मा एक अन्तर्राष्ट्रिय बैठकका क्रममा राष्ट्रपति मुनले उक्त सहकारीले बनाएको जुत्ता लगाउनुभएको थियो । त्यसयता उहाँले लगाउने जुत्तामा एजियो नै पहिलो रोजाई बनेको छ । ‘एजियो’ ले दैनिक ३० जोर जुत्ता मात्र बनाउँदछ । उक्त सहकारीको अर्को विशेषता भनेको त्यहाँ कार्यरत श्रमिकहरु सबै फरक ढंगले सक्षम हुनुहुन्छ । एजियोका वर्तमान प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक यू सियक योङ आफै पनि फरक ढंगले सक्षम (आँखाको समस्याबाट पीडित) हुनुहुन्छ । आफुजस्तै फरक ढंगले सक्षमहरुलाई रोजगारीको अवसर सृजना गर्न योङले उक्त सहकारीको अवधारणा अघि सार्नुभएको थियो ।

सहकारी स्टोरका व्यवस्थापकले श्रवणशक्ति गुमाएका कोरियालीहरु रोजगारीबाट बञ्चित भएको अवस्थामा थोरै भएपनि सहयोग गर्न सकिन्छ भनेर अवसर प्रदान गरिएको बताउनुभयो । उहाँले कोरियामा श्रवणशक्ति गुमाएका थुप्रै उत्साही, दक्ष र ‘केही गरौं भन्ने भावनाले ओतप्रोत व्यक्तिहरु भएको दाबी गर्नुभयो । आफ्नो सहकारीको उद्देश्य त्यस्ता श्रमजीवीहरुलाई रोजगारीको स्थायित्वसँगै मर्यादित पेशाको वातावरण सृजना गर्ने प्रयास रहेको ‘एजियो’ ले जनाएको छ । दृष्टिशक्ति अल्पता भएका व्यक्तिको अगुवाइमा स्थापित सहकारी स्टोरका सबै कामदारहरु श्रवणशक्ति अल्पता भएका कारण पनि राष्ट्रपतिको झुकाव एजियोतर्फ भएको मान्न सकिन्छ । यद्यपि, स्थापनाको पहिलो वर्ष उक्त सहकारीले संघर्ष गर्नुपर्यो । पछि सन् २०१७ मा सुङनाम शहरमा स्टोर सञ्चालनमा ल्याएपछि भने उक्त सहकारी व्यवसायले काँचुली फेरेको थियो । 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।