शुक्रबार, वैशाख ७
०३:४५

मिलिजुली कालिञ्चोकद्वारा नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु

बिहीबार, फागुन ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ६ चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । एक पटकमा न्यूनतम २० जना शेयर सदस्य वा बालबचतकर्ताहरु राखि कार्यक्रम ब्यवस्थापन गरिएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनुभयो । 

संस्थाका शिक्षा उपसमिति संयोजक नारायण प्रसाद सापकोटाले शेयर सदस्य तथा बाल बचतकर्ताको वित्तीय ब्यवस्थापनमा परिवर्तन ल्याउने उद्देश्यले साक्षरता कार्यक्रम शुरु गरिएको बताउनुभयो । सर्वप्रथम सदस्यहरुको वित्तीय सोचमा परिवर्तन गर्न उत्प्रेरित गरिने, वित्तीय लक्ष्य र पारिवारीक बजेट निर्माण गर्न सिकाईने, बजेट अनुसार आम्दानी खर्च र पैसा ब्यवस्थापन गर्न सिकाईने, बचत बृद्धि गर्ने उपायहरु र क्षमता अनुसार ऋण प्रयोग गर्न सिकाई शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई वित्तीय सक्षमता निर्माण गर्न कार्यक्रमको जोड रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, संस्थाले सदस्यहरुका लागि लिएको वित्तीय साक्षरता योजना बमोजिम हिजो संस्थाका २० जना शेयर सदस्यहरु बाट कार्यक्रम शुरुवात गरिएको छ । 

सहायक ब्यवस्थापक रमेश सापकोटाले संस्थामा हाल आवद्ध २२,५९५ जना शेयर सदस्य साथै सम्भावित शेयर सदस्यहरु र ८,८६६ बालबचतकर्ताहरुलाई समेत लक्षित गरी नियमित वित्तीय शिक्षा प्रदान गर्ने योजना रहेको जानकारी गराउनुभयो । 

वित्तीय शिक्षा कार्यक्रमले संस्थाका शेयर सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान, बचतको महत्व, वित्तीय सेवाको प्रयोग, व्यवसाय तथा व्यवसायको विविधिकरण, नयाँ प्रविधिको उच्चतम प्रयोग र सम्पन्नता प्राप्ती को बारेमा ज्ञान हुने साथै शेयर सदस्यहरुको चिन्ता, कमजोर स्वास्थ्य, कमजोर उत्पादन, पारिवारीक तथा ब्यक्तिगत तनाव कम हुदै जाने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताउनु भयो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र