बुधबार, वैशाख १२
०१:५२

श्री सक्रिय महिला साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम नगरकोटमा प्रारम्भ

मंगलबार, फागुन ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । मकवानपुर फाखेलस्थित श्री सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि.का संचालकहरुको क्षमता अभिवृद्धि तालिम भक्तपुरको नगरकोटमा प्रारम्भ भएको छ । फागुन ४ देखि ७ गतेसम्म चल्ने ४ दिने उच्चस्तरीय तालिममा संस्थाको संचालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी १६ जनाको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले तालिमले संस्था सञ्चालनका अतिरिक्त जीवनको गुणस्तरीयता विकासमा टेवा पुग्ने दाबी गर्नुभयो । सञ्चालकहरुको ध्यान आफ्नो सँगै सदस्यहरुको क्षमता विकासमा समेत केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष पौड्यालले अब बचत तथा ऋण सहकारी संस्थाहरु उद्यमशिलतामा जोडिनु पर्ने समयमको माग भएको उल्लेख गर्दै महिलाहरुको उत्थान र विकाससँंग जोडिन संस्था सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

उहाँले प्रविधिमैत्री सेवा प्रवाहका लागि नेफ्स्कूनले कार्य थालिसकेको समेत उक्त अवसरमा जानकारी गराउनुभयो । कार्यक्रममा साकोस अध्यक्ष श्रमिक लामाले महिलाहरुको क्षमता विकासमा भूमिका निर्वाह गर्दै आत्मनिर्भर बनाउन संस्था सफल भएको दाबी गर्नुभयो । उहाँले सदस्यहरुलाई उद्यमी बनाउँदै समाजमा हुने महिला हिंसा न्यूनीकरण, बालविवाह विरुद्ध सचेतना लगायतका धरै समाजिक क्रियाकलपमा पनि संस्था जोडिएको बताउनुभयो । तालिमबाट सबै सहभागीहरुको क्षमता विकासमा मद्दत पुग्ने र त्यसबाट अन्ततोगत्वा सदस्यहरुको क्षमता हुने भन्दै अध्यक्ष लामाले गुणस्तरीय र दिगो साकोस सञ्चालनमा तालिम सहयोगी हुने अपेक्षा समेत व्यक्त गर्नुभयो । तालिम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र तालिम अधिकृत उमेश कोईरालाले गर्नुभएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र