शनिबार, वैशाख ८
०४:३२

पोखरामा CLCC तालिम प्रारम्भ

आईतबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । कोअपरेटिभ म्यानेजर्स क्लव CMC कास्कीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा पोखरा मा फागुन २ अर्थात् आजबाट सहकारीका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम CLCC प्रारम्भ भएको छ । उक्त तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिम कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड कास्कीकी अध्यक्ष सावित्रा कोईरालाले सिएमसीको गतिविधिले गर्दा सहकारी अभियानमा राम्रो टेवा पुगेको र स्थापना काल देखी नै क्लव सहकारीमा कार्यरत कर्मचारी एवं समितिको क्षमता विकासमा लागेको हुँदा देशभर रहेका सवै सहकारीकर्मीले यसको अनुसरण गर्नु पर्ने धारण राख्नु भयो ।

उहाँले कोइरालाले आगामी दिनमा जिल्ला सहकारी संघ लिमिटेड, कास्की सीएमसीसँग सहकार्य गरि अगाडी बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा क्लवका मानार्थ सदस्य एवं सहकारी विज्ञ भिम गुरुङ्गले क्लवले गरेका गतिविधिले गर्दा आज देशभर सिएमसिको खाँचो महसूस गरि थुप्रै सिएमसि क्लवहरु गठन भएका र CMC   कास्कीको कामको प्रशंसा हुँदा गौरवको अनुभुत गरेको कुरा व्यक्त गर्नु भयो । गुरुङ्गले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु हुन समेत सहभागि प्रशिक्षार्थीलाई अनुरोध गर्नु भयो । ३ दिन सम्म सञ्चालन हुने तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमल्सिना र तालिम अधिकृत सुमन राज घिमिरेले गर्नु भएको छ । 

सिएमसी कास्कीका अध्यक्ष डम्मर सिंह बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अपिल कोइराला र सञ्चालन सचिव हरि प्रसाद पन्थीले गर्नु भएको थियो । व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता भन्ने मुल नाराका साथ २०७३ सालमा मीलन ढकालको अध्यक्षतामा क्वालिटी सर्कलको रुपमा स्थापित क्लवले थुप्रै तालिम एवं गोष्ठीहरुको अयोजना गरेको छ । अध्यक्ष बस्नेतले भन्नु भयो 'सहकारी सम्बन्धी तालिमको लागि जस्तो सुकै प्राविधिक सहयोग हामीले गछौ । त्यसैगरी, सहकारीका नीति, कार्यविधि एवं निर्देशिकाहरु बनाउन प्रारम्भिक सहकारी संस्थालाई हामी सहयोग गर्दछौ । यो तालिम आयोजना गर्दा हाम्रो आफ्नो ऋःऋ को ग्रुप छ त्यसमा राखेको ३० मिनेटमा सहभागिको संख्या पुरा भएकोले पुन २०७७ साल फागुन ९ गते देखी ११ गते सम्म यही तालिम आयोजना गरिएको छ । त्यसमापनि आवश्यक संख्या तुरुन्त पुगेको हुँदा समय मिलाएर तेस्रो चरणको तालिम सञ्चालन गर्नेछौ ।' निकट भविश्यमा कास्कीका व्यवस्थापकहरु लाई लक्षित गरि तालिम आयोजना गर्न लागिएको जानकारी अध्यक्ष बस्नेतले दिनुभयो । सहकारीका ऐन नियमावली र नमुना नीति गरि ७०० पेजको पुस्तक समेत प्रकाशन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र