शुक्रबार, वैशाख ७
०६:५०

धादिङका दुई बचत तथा ऋण सहकारी एकीकरण 

आईतबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धादिङ । जिल्लाका दुई बचत तथा ऋण सहकारी संस्था एकीकरण भएका छन् । गल्छी गाउँपालिका–६ स्थित हाइवे बचत था ऋण सहकारी संस्था लि र थाक्रे गाउँपालिका–७ स्थित सरस्वती महिला बचत था ऋण सहकारी संस्था लि. बीच एकीकरण भई हिजो एकीकरण सभा सम्पन्न भएको हो । दुई संस्था एकीकरण गरी एक सक्षम सहकारी संस्था निर्माण गर्ने उद्देश्यले समान प्रकृतिका दुइ सहकारी एक भएको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।  
 
एउटै लक्ष्य उद्देश्य र एउटै कार्यक्षेत्र रहेको तर सानो पुँजी निर्माणका कारण सदस्यहरुको मागलाई सम्बोधन गर्न नसकिएको हुँदा उद्यमशीलता प्रवर्द्धन र व्यावसायिकता विकासका लागि सहकारी एकीकरणको विकल्प नभएको एकीकृत संस्थाका अध्यक्ष उमा सिंखडा नेपालले बताउनुभयो । 

एकीकृत हाइवे साकोसमा कुल ३४ सय १८ सेयर सदस्य मध्ये १९ सय ८२ महिला सदस्यहरु हुनुहुन्छ । कुल २२ करोड ६० लाख संयुक्त कारोबार रहेको उक्त संस्थाको २ करोड ३१ लाख सेयर पुँजी, १६ लाख ६ करोड बचत र १६ करोड ४१ लाख ऋण लगानी रहेको छ । 

संस्थामा महिला सेयर सदस्यहरुलाई लक्षित गरि लघुवित्त सेवा साथै महिला उद्यमशिलता प्रवर्द्धनका कार्यक्रमहरु अगाडि बढाइने योजना रहेको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।  
  
गत मंसिर र पुसमा बार्षिक साधारणसभा सम्पन्न गरेका दुवै संस्थाले एकीकरणसँगै संयुक्त सभा गरेका हुन् । दुवै साकोस नेफ्स्कूनद्वारा सञ्चालित साकोस जोखिम सुपरिवेक्षण कार्यक्रम–कर्ब्समा आवद्ध छन् । 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र