बिहीबार, वैशाख ६
०६:२२

सहकारीको प्रवर्द्धन र विकासका लागि आधारशिला कार्यक्रम एक कोशेढुङ्गा 

आईतबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका ६, धुराबजारस्थित श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन (पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम) मध्य तराई क्लस्टर पाँचौ समुहको आठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला फागुन १ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिमला श्रेष्ठको सभापतित्व, कमलमाई नगरपालिका का नगर प्रमुख खड्ग बहादुर खत्री को प्रमुख आतिथ्यता, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक कृष्ण हरी कोइराला र जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुली का सञ्चालक मोहन श्रेष्ठको विशेष अतिथ्यतामा उक्त क्लस्टरमा आवद्ध ८ वटा साकोसका प्रोवेशन कार्यदल प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभगितामा एवं आयोजक संस्था मिलिजुली साकोसका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको उपस्थिति र नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि खत्रीले यस कार्यशालामा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गरि नतिजामुखि कार्यगर्न र आफ्नो जिम्मेवारी प्रति निरन्तर उत्तरदायी हुन सम्पूर्ण व्यवस्थापकलाई उत्प्रेरणात्मक मन्तव्य राख्नुभएको थियो । साथै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक कृष्णहरी कोइरालाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रको समापनमा मन्तव्य राख्दै अध्यक्ष बिमला श्रेष्ठले यस  कमलमाई नगरपालिका भित्र रहेका सहकारी संस्थाको प्रवर्द्धन, सुशासन र व्यवसायिकता विकासका लागि नेफ्स्कूनको आधारशिला कार्यक्रम कोशेढुङ्गा सावित हुने विचार राख्दै कमलमाई नगरपालिकाले पनि छिटै सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । साथै सहकारीले उद्यमशिलता र स्वरोजगार विकासका कार्यक्रमहरु सञ्चालन गरेमा सहकारीका सदस्यहरुको जीवनस्तर परिवर्तन सम्भव रहेको विचार व्यक्त गर्नुभएको थियो । 


उक्त कार्यशालामा आवद्ध सहकारीका व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिका क्रममा देखिएका संस्थाका विविध कमिकमजोरीहरुको समिक्षा गर्दै सुधार गर्नुपर्ने विषयहरुमा हजकर्ता बिदुर खड्काले सुझाव दिनुभएको थियो । आगामी कार्यक्रम डुमडुमे साकोस सर्लाही को आयोजनामा हुने निर्णय गरिएको थियो । कार्यक्रम सञ्चालन श्री मिलिजुली साकोसका सचिव उज्वल ढकालले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र