शुक्रबार, वैशाख १४
१२:४७

सिवाइसी साकोसको एकै दिन दुई सेवा केन्द्र विस्तार

मंगलबार, माघ २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बागलुङ । सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको जैमिनी नगरपालिकामा एकै दिन दुई वटा सेवा केन्द्र विस्तार गरेको छ । बागलुङका सबै स्थानीय तहमा सेवा विस्तार गरेको सहकारीले वडा स्तरमा सेवा विस्तार थालेको हो । सोमबार बागलुङको जैमिनी नगरपालिका वडा नम्वर ७ जैदीको चौर र वडा नम्वर ६ अर्जेवाको ओख्लेमा १५ औ र १६ औ सेवा केन्द्र विस्तार गरेको हो । 

सिवाईसी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिका को सेवा केन्द्र उद्घाटन गर्दैे नगर प्रमुख इन्द्रराज पौडेलले सहकारी मध्य सिवाईसी जिल्लाको फरक पहिचान बोकेको सहकारी भएको र सधै सदस्यको सन्तुष्टिमा क्रियाशिल रहेको बताउनुभयो । 

त्यसैगरी अर्जेवामा १६ औ सदस्य सेवा केन्द्रको उद्घाटन गर्दे सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाईसी वचत तथा ऋण सहकारीले जिल्लाका दुर दराजका सवै नागरिकलाई वित्तीय र गैर वित्तीय सेवा दिन सहकारीको सेवा विस्तारलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले ग्रामिण तहमा बचत गर्ने बानीको विकास नहुँदा गरिबी झेल्नु परेकोले गरिबी अन्तको लागि सहकारीले काम गर्ने वताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, जनशिक्षित माविका प्रअ नारायण चालिसे, सिवाइसी साकोस केन्द्रीय संचालक कृष्ण प्रसाद रिजाल, जैमिनी ६ का वडा सदस्य केशवराज शर्मा, पत्रकार सुजन प्रेमी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ जिल्लाका १६ स्थानमा सेवा विस्तार गरेको सहकारीले आगामी २१ र २२ गते म्याग्दी र पर्वतमा सेवा केन्द्र विस्तारको तयारी गरेको अध्यक्ष पौडेलले वताउनु भयो । १३ हजार ४ सय ७७ शेयर सदस्य रहेको सहकारीमा शेयर पूजी २४ करोड ६ लाख ४० हजार, वचत १ अर्व २७ करोड १६ लाख ३९ हजार रहेको भने कुलपूजी १ अर्व ७२ करोड ३ लाख २५ हजार रहेको छ । सेवा केन्द्र उद्घाटनका क्रममा अर्जेवा र जैदीमा एकै दिन ७५ जना नयाँ शेयर सदस्य बनेका संस्थाले जनाएको छ ।
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण