एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) मा नयाँ अंग्रेजी बर्षको पहिलो महिनामा नयाँ सदस्य थपिएको छ । आइसीएका अनुसार श्रीलंकाको माटारा डिष्ट्रिक कोअपरेटिभ हस्पिटल सोसईटी नयाँ सदस्य बनेको हो । पिछडिएका समुदायहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा पहुँच पुर्याउने उद्देश्यसहित स्थापित उक्त सहकारीले मुलुकभरका सहकारी अस्पतालहरुको सञ्जालमार्फत तालिम र शिक्षाका कामहरु सञ्चालन गर्दै आएको छ ।
उक्त सञ्जालले आफ्ना सदस्य र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य र उत्तम जीवनयापनका शैलीहरुसँगै बचत, बीमा आत्म विकासका तौरतरिकाका सिकाउँदै आएको छ । १ सय ३३ कर्मचारी रहेको उक्त सोसाईटी अन्तर्गत ३८ सय सदस्य छन् । नयाँ सदस्य थपिएसँगै अब आइसीएमा कुल १ सय १२ मुलुकबाट आबद्ध सदस्यहरुको संख्या ३ सय १८ पुगेको छ । यी मध्ये २ सय ७५ पूर्ण र ४३ असोसिएट सदस्य छन् ।