शनिबार, वैशाख ८
०९:३२

उत्कृष्ट ब्यवस्थापकका आधारहरू (KAASH)    

मंगलबार, माघ १३
saccosaawaj

                                                                                        

बिनोद पराजुली
व्यवस्थापक
कोलिय देबदह साकोस, रुपन्देही

भनिन्छ सुन्दर संसार हेर्न सुन्दर आँखा चाहिन्छ सुन्दर आँखा सकारात्मक विचारबाट र सकारात्मक विचार व्यक्तिको दृष्टिकोणबाट बन्छ । यदि दृष्टिकोण सकारात्मक भयो भने मानिसको जीवन समृद्धि र सफलता तर्फ उन्मुख हुन्छ । अवसर खोज्न बाहिरी दुनियाँमा जानु पर्दैन । अवसर हाम्रै पैतलामुनि दबिएर बसेका हुन्छन् । केवल त्यसलाई बुझ्ने दृष्टिकोण हामीसँग हुनुपर्छ ।

कुनै पनि ब्यक्ति वा संस्था रातारात सफल र उत्कृष्ट बन्दैनन् । उत्कृष्ट हुनका लागि व्यक्तिमा लगनशीलता, परिश्रम, अनुशासन र संस्थामा नीति, विधि र प्रविधि अनिवार्य आवश्यकताका बिषय हुन । मानिसले आकर्षक र अनुकरणीय व्यक्तित्व निर्माण गर्ने सपना देखेका हुन्छन्, तर सपना देखेर मात्र हुदैन । काममा गतिशीलता, बोलीमा माधुर्यता र निरन्तर सक्रियता हुनुपर्छ । एउटा वित्तीय संस्था कस्तो बनाउने, कुन गतिमा अगाडि बढाउने भन्ने कुरा कर्मचारी ब्यवस्थापनमा निर्भर हुन्छ । संचालकको काम नीति नियम बनाउनु हो भने ब्यवस्थापनको काम नीति नियम अनुसार कार्ययोजना बनाई संचालक मातहत रही सम्पूर्ण कर्मचारीहरुलाई साथमा लिई उत्कृष्ट कार्यसम्पादन गरी सदस्य मैत्री सेवा प्रदान गर्नु हो ।

सदस्य सेवाको प्रभावकारिता, कर्मचारी परिचालन र उत्पादकत्व, संचालकसँगको सुमधुर सम्बन्ध सँगै नीति नियम निर्माणमा सहजीकरण, संस्थाको बार्षिक, त्रिवर्षिय योजना निर्माण, बजेट निर्माण र कार्यान्वयन सम्पूर्ण कार्यभार व्यवस्थापकमा निर्भर रहनेहुँदा संस्था सफलता र असफलताको कडि पनि ब्यवस्थापक हुन्छ ।

तर्सथ सफल वित्तीय संस्थाका लागि सक्षम कर्मचारी र उत्कृष्ट ब्यवस्थापक हुनुपर्छ । उत्कृष्ट ब्यवस्थापकमा हुनु पर्ने केही अनिवार्य गुणहरुको बारेमा यहाँ परिचर्चा गर्दैछु । 

१. Knowledge (ज्ञान)
 (Knowledge is light and might too)  ज्ञान प्रकाश हो जसरी अन्धकार हटाउन प्रकाश आवश्यक हुन्छ । त्यसरी नै अज्ञानता र असफलताका मार्गहरु बन्द गर्दै सफलताका शिखर आरोहण गर्न ज्ञान आवश्यक हुन्छ । Readers are leaders पढुवाहरु नै अगुवाहरु हुन्छन् । स्कुल कलेज र डिग्रीका सर्टिफिकेट बिना पनि ज्ञान हासिल गर्न सकिन्छ । कुनै पनि वित्तीय संस्थामा बचत, ऋण लगानी, बजारको माग, ब्याजदर आदि बिषयबस्तुमा गहिरो चिन्तन, चासो, अध्ययन पनि ज्ञान हो । बेलायती बिख्यात बिद्धान हब्सले भन्नुभएको छ ”यदि मलाई एउटा रुख काटने समय ६ घण्टा उपलब्ध गराइयो भने ४ घण्टा म योजना मात्र बनाउछु“ । 

उत्कृष्ट योजना बनाउने र योजनालाई ब्यवहारिक कार्यन्वयन गर्ने ज्ञान हुनुपर्छ । एक बिद्धानको भनाई छ ः तिमी हाँस तिमी सँग संसार हाँस्छ तर तिमी रोयौ भने तिमी एक्लै रुनुपर्छ  अर्थात आफना गुण क्षमताले सबै पक्षलाई आफुतर्फ केन्द्रित गर्ने क्षमता र ज्ञान हरेक ब्यवस्थापकमा हुनुपर्छ ।

ज्ञानले मानिसलाई सुख सभ्यता र ऐश्वर्य प्रदान गरी उन्नतीका ढोकाहरु खोल्दछ । इच्छा शक्ति सहितको शिक्षा शक्ति अर्थात ज्ञानले सिर्जनशीलता वृद्धि गर्दछ । सिर्जनशीलताले अवसरलाई पछ्याइरहेको हुन्छ । तसर्थ एक व्यक्ति मात्र नभई सस्थानको समग्र विकास र पहिचानको लागि ज्ञान अति महत्वपूर्ण छ । ज्ञान भएमा अलमलको स्थिति हुँदैन । निश्चितापूर्वक आफ्नो गन्तव्यमा पु¥याउन सहयोग गर्छ । बिषय बस्तुको ज्ञान र बिषय विज्ञले सस्थाका समस्या challenge लाई अवसरको रुपमा लिई change ल्याउन सक्छ ।

२. Attitude (दृष्टिकोण)
Your Attitude determines your altitude तिमी कतिसम्म उठ्न सक्छौं भन्ने कुरा तिम्रो  प्रकृति र प्रवृत्तिमा निर्भर हुन्छ । अन्तरीक्षयात्री डा. बनार्ट हेरिस “संसार परिवर्तन गर्नुमा त्यति महान्ता छैन, जति आफूले आफूलाई परिवर्तन गर्नुमा छ” । आज मानिस सुख र समृद्धिका लागि घर वास आफन्त भाषा, धर्म, सबै परिवर्तन गर्छन् । तर पनि उ सुखी र खुसी हुन सक्दैन र सौहार्द जीवन जीउन सक्दैन कारण उसले दृष्टिकोण बदल्न सक्दैन । लक्ष्य र कार्यक्षेत्र जेसुकै होस् तर सफलताको मुख्य आधार दृष्टिकोण नै हो ।

भनिन्छ सुन्दर संसार हेर्न सुन्दर आँखा चाहिन्छ सुन्दर आँखा सकारात्मक विचारबाट र सकारात्मक विचार व्यक्तिको दृष्टिकोणबाट बन्छ । यदि दृष्टिकोण सकारात्मक भयो भने मानिसको जीवन समृद्धि र सफलता तर्फ उन्मुख हुन्छ । अवसर खोज्न बाहिरी दुनियाँमा जानु पर्दैन । अवसर हाम्रै पैतलामुनि दबिएर बसेका हुन्छन् । केवल त्यसलाई बुझ्ने दृष्टिकोण हामीसँग हुनुपर्छ । आज हामी आफ्नो सानो भएकोमा भन्दा अरुको घर ठूलो भएकोमा बढी चिन्तित छौं । यो स्वभाव र दृष्टिकोणले हामीलाई असफलताको मार्गमा डो¥याएको छ । दृष्टिकोणलाई वातावरण (Environment) अनुभव (Experience)  र शिक्षा (Education) ले प्रभाव पार्छ । एक सफल व्यक्तिले हरेक समस्यामा अवसर देख्छ भने असफल व्यक्तिले हरेक अवसरमा समस्या देख्छ । अर्थात् जित्नेहरु सम्भावनालाई हेर्छन् भने हार्नेहरु समस्यालाई । जित्नेहरुको आँखामा सफलताको सपना हुन्छ भने हार्नेहरुले झुटो कसम खान्छन् । तसर्थ हामी सुखीराम बन्ने या दुःखीराम बन्ने सफल बन्ने या असफल आशावादी जीवन जिउने या निराशावादी यो हाम्रो दृष्टिकोणमा निर्भर हुन्छ । सकारात्मक प्रतिफलका लागि सकारात्म व्यवहार सकारात्मक कर्म सिद्धान्त र समर्पण भाव हुनुपर्छ । त्यसका लागि नयनमा सकारात्मक दृष्टिकोणको बिजारोपण गर्नुपर्छ ।
 
३ . Action oriented  (काममा प्रतिबद्ध)

एउटा भनाई छ काम गर्दा कहिल्यै थाके नभन किनकी आप्mनै मुटुलाई हेरौ त यसले पनि थाके भनेर केही सेकेण्ड बिश्राम लियो भने हाम्रो हालत के हुन्छ ? तर्सथ आफुभित्रको आत्मविश्वास कहिल्यै टुट्न नदिउँ । असम्भव केही छैन संसारमा सक्छु, गर्छु भन्ने विश्वाश जिबितहुनुपर्छ । काममा प्रतिबद्धहरुले नै संसारमा प्रभुत्व जमाएका छन् चाहे अनिल शाह, चाहे बिनोद चौधरी, मुकेश हम्बानी । काम बिनाको माम, मान, सम्मानको कुनै अर्थ रहदैन । तसर्थ एक उत्कृष्ट वित्तीय संस्थाका लागि ब्यवस्थापक पनि कामप्रति प्रतिबद्धहुनुपर्छ । जब काममा गति हुन्छ तब ब्यक्तित्व र नेतृत्व विकास पनि हुन्छ, सस्थाले पनि प्रगतीको उचाई छुन्छ । खराबबाट असल, असन्तुलनबाट सन्तुलन, प्रवाहहिनबाट प्रभावशाली, जटिलताबाट सरल, अनिश्चयबाट निश्चयपुर्ण, भ्रमबाट बिवेकपुर्ण नेतृत्व बिकासका लागि पनि ब्यवस्थापन पक्ष क्रियाशिल, कर्मशिल बन्नुपर्छ । 

४. Skill (सीप) 

हरेक मानिसले काम गर्नका लागि वा निर्दिष्ट उद्देश्य हासिल गर्नका लागि आफूमा विशिष्ट सीप हुन आवश्यक छ । भनिन्छ जित्नेहरु फरक काम गर्दैनन् त्यही कामलाई फरक तरिकाले गर्छन् । त्यही फरक तरिकाले काम सम्पन्न गर्नका लागि फरक स्वभाव सहितको फरक सीप चाहिन्छ । सीप आफैमा भएको सृजनशिलतालाई उजागर गर्नु हो वा सिर्जनाालाई परिस्कृत गर्ने कार्य हो । धेरै मेहनत गरेर मात्र सफल भइने होइन । प्रष्ट उद्देश्य सहित उच्चतम सीप र सिर्जनशीलताद्वारा परिश्रमले मात्र सफलता हासिल हुन्छ । सिर्जनशीलता भनेको समस्या प्रतिको गम्भीर चासोबाट नै जन्मिन्छ । हामीले आफ्नो जिन्दगीको हतियारलाई उचित सीपबाट धारिलो बनाउनुपर्छ । यदि हतियार धारिलो भयो भने जस्तो सुकै युद्धलाई पनि जित्न सकिन्छ । भनिन्छ त्यहाँ पुग्छन् कवि जहाँ पुग्दैन रवि ‘जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् अनुभवी’ अर्थात आफ्नो हातमा विशिष्ट सीप क्षमता छ भने त्यो व्यक्ति संसारको हरेक क्षेत्रमा अघि बढ्छ । सीप विकासको माध्यमबाट हिजोको ढुङ्गे युगबाट आजको वैज्ञानिक युगमा आएको छ । सोंच विचार, बुद्धि विवेक, परिश्रम र सीपले नै महाकवि देवकोटा, सेक्सपियर र न्युटन बनाउँछन् । मण्डेला र बाराक ओबामा बनाउँछन् सुकरात र प्लेटो बनाउँछन् । आलस्य मानिसको बाधक हो तर सीपयुक्त संघर्ष नै सफलताको साधक हो । मागेर रोएर याचना गरेर पाएको उपलब्धिलाई सफलता मान्न सकिँदैन । तसर्थ संसारको जुनसुकै समस्यालाई यथार्थमा बदल्न सक्ने तागत भनेकै आफ्नो सीप क्षमता र योग्यता हो । यसलाई सधैं धारिलो बनाउनुपर्छ । त्यसैले आफूलाई परिस्कृत र परिमार्जित गर्दै विश्वव्यापी रुपमा भित्रिएका नयाँ प्रविधिका उपयोग सम्बन्धी व्यवहारिक सीप हुन आवश्यक छ ।

५. Habit (बानी) 

बानीले पनि मानिसको हरेक क्रियाकलापलाई प्रभावित पार्छ । मानिसको व्यक्तित्व उसले लगाउने पोशाक, बोली वचन खानपान लगायतका कुरामा निर्भर गर्छ । जित्न, अघि बढ्न र पढ्न खोज्नु मानवीय स्वभाव हो । त्यसो भन्दैमा निष्ठासँग सम्झौता गरी गलत बाटो रोज्नु उचित होइन । गलत बाटोले ल्याएको स्याबासी र पुरस्कारले वास्तविक खुसी दिँदैन । 
जस्तो संगत त्यस्तै संस्कार
जस्तो संस्कार त्यस्तै व्यवहार
जस्तो व्यवहार त्यस्तै ब्यापार
जस्तो ब्यापार त्यस्तै प्रचार 
आनीबानी जस्तो त्यस्तै जिन्दगानी तसर्थ विचार, आनीबानी, व्यवहार बदले जिन्दगी बदलिन्छ । विचार र सकारात्मक बानीले राम्रो भावना जगाउँछ । भावनाले कर्ममा पु¥याउँछ, कर्मले जिन्दगीको नक्सा बनाइदिन्छ । मानिसको मस्तिष्क बाँझो जमिन जस्तो हो । त्यो मस्तिष्कमा राम्रा आनीबानी विजारोपण ग¥यौं भने सुन्दर हरियाली, रंगी विरंगी फूलहरु फुल्छन् र रमणीय बगैचा बन्छ भने सकारात्मक विचार, बानी खानपान र व्यवहार रोक्न सकेनौं भने त्यो बाँझो जमिनमा झारपात पलाउन पनि सकिन्छ जुन हेर्दैमा कुरुप हुन्छ । तसर्थ असल र उत्कृष्ट ब्यवस्थापकमा असल अनुशासित अनुकरणीय बानी ब्यहोरा हुनुपर्छ ।

कर्मचारी/ब्यवस्थापन पक्षका लागि केही उत्प्रेरक बिचारहरू

१. दिनमा गरेको कामले राति आनन्दले सुत्न पाईयोस, रातको कामले दिनमा कसैलाई मुख देखाउन लाज नहोस । बर्ष भरि यस्तो काम होस, अरु संग समस्याले हात पैmल्याउन नपरोस, जीवनभर यस्तो काम होस्, रुदै जन्मिएर पनि रुवाउदै मर्न पाइयोस् अर्थात् जन्म सामान्य होस तर मृत्यु ऐतिहासिक होस् ।

२. इतिहासमा उन्नतिको शिखरमा पुग्ने व्यक्तिहरु कुनै उच्च कुलमा, घरमा जन्मिएर भएका होइनन, उनीहरु उद्देश्यको उच्चताको कारणले भएका हुन  तसर्थ तपाई उद्देश्य महान् होस् ।

३. काम गर्दा आइपर्ने समस्यालाई होइन, सम्भावनाहरुलाई हेर्नुहोस, हरेक समस्यामा अवसर हुन्छ, त्यसलाई सामना गर्ने तागत र क्षमता हुनुपर्छ त्यो तत्परता सृजना गर्नुपर्छ । अवसरलाई पर्खने होइन सृजना गर्नुपर्छ । काम गर्दा बाहना होइन चाहना हुनुपर्छ ।

४. कसैले आपूmलाई गाली गर्दा पनि आपूm भित्र क्रोध होइन प्रेम उब्जाउन सक्ने असल मान्छेको पहिचान हो । जसले तिम्रो बाटोमा काँडा रोप्छ, उसको बाटोमा पूmल ओच्छयाइदिनु भन्ने सन्त कविरको विचारलाई आत्मसाथ गरौ ।

५. हामीे आफनो घर सानो भएकोमा त्यति चिन्तित छैनौ, जति अरुको घर ठूलो भएकोमा चिन्तित छौ । तसर्थ अरुको प्रगतीमा डाह नगरौ आफनो दुर्गतीको कारण खोजौ । अरुको उचाई घटाएर आफनो हाइट बढाउने प्रयत्न नगरौ ।  विजेता कहिल्यै थाक्दैन, थाक्ने व्यक्ति विजेता पनि बन्दैन तसर्थ फरकशैली, फरक सोच विकसित गरी उत्कृष्टता हासिल गरौ ।

६. हेरेर मात्र पाइला राखौ, सोचेर मात्र बोलौ, जानेर बुझेर मात्र ब्यवहार गरौ, बितेको कुरामा शोक र आउने कुरामा चिन्ता नगरी बर्तमानमा चिन्तन गरी बाचौ यो नै सफलताको आधार हो ।
    
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ