बिहीबार, वैशाख १३
०३:३०

बजरंगबली साकोसको संस्थागत विकास तालिम सम्पन्न

शनिबार, माघ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नगरकोट । मध्यपुर थिमि वडा नं. १ लोहकिन्थलीस्थित बजरंगबली साकोसको संस्थागत विकास तालिम आज सम्पन्न भएको छ । माघ ८ देखि १० सम्म भक्तपुरको नगरकोटमा सञ्चालित उच्चस्तरीय तालिममा २० जनाको सहभागिता थियो । समापन समारोहमा संस्थाको गतिविधिका सम्बन्धमा व्यवस्थापक सन्तकृष्ण हेक्काले धारणा राख्नुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिना र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । संस्थाका अध्यक्ष अष्ट कुमार कवेले तालिममा सिकेको कुरा र तयार पारिएको कार्ययोजना व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तालिम सहभागीहरुले संस्था संचालनका लागि तालिम अत्यन्त उपलब्धिमूलक रहेको बताउनुभएको थियो । नेफ्स्कूनका प्राचार्य तिमल्सिनाले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र