शनिबार, वैशाख ८
१२:५४

मेची कोशी तेस्रो क्लस्टरको तेस्रो कार्यशाला (PALM Workshop) धरानमा सम्पन्न

शुक्रबार, माघ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धरान । गोरखा साकोसको आयोजनामा मेची कोशी तेस्रो क्लष्टरको तेस्रो कार्यशाला गोरखा साकोसको अध्यक्ष मान ब.राईको अध्यक्षता, प्रमुख अथिति नेफ्स्कून संचालक सदस्य गोमा नेपाल र बिशेष अथिति जिल्ला बचत संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, अथिति नेफ्स्कून पूर्वसंचालक तथा पुरस्कार तथा सम्मान उपसमिति सदस्य चन्द्रा कुमारी खड्का र पुर्र्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख सन्दिप राज ढकालको उपस्थितिमा आज सुनसरीको धरानमा सम्पन्न भएको छ ।

कोभिड १९ को कारणले भौतिकरुपमा सम्पन्न हुन नसकेको कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला ११ वटा साकोसहरुका अध्यक्ष, प्रोबेशन कार्यदल संयोजक र ब्यवस्थापक गरी २७ जनाको उपस्थितिमा आज सम्पन्न भएको छ । कार्यशालामा नेफ्स्कून संचालक गोमा नेपालले प्रोबेशन म्यानुअलको सम्पुर्ण सूचकहरु मिलेपछि साकोस स्तरीकृत हुने र सदस्यहरुको पहिलो रोजाईमा पार्ने किसिमले आफ्नो साकोस राम्रो बनाएर जानुपर्ने बताउनुभयो ।

नेफ्स्कून पूर्वसंचालक तथा पुरस्कार तथा सम्मान उपसमितिको सदस्य चन्द्रा कुमारी खड्काले नेफ्स्कून अन्तर्राष्ट्रिय  सहकारीसंग आबद्ध रहेकोले अन्तर्राष्ट्रिय जगतको नविनतम नीति, बिधि र प्रबिधिको कारणले साकोसहरुलाई लक्ष्य हासिल  गर्न मद्दत पुगिरहेको बताउनु भयो । कार्यशालामा ११ वटा साकोसका ब्यवस्थापकले आ आफ्नो साकोसको मासिक प्रतिवेदनको आधारमा वित्तीय बिश्लेषण गर्नुभएको थियो । उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण, भाखा नाघेको ऋण उठाउने बिषय र साकोसहरुले गर्नुपर्ने सुचकमा सुधारका बारेमा नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले सहजिकरण गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र