बुधबार, वैशाख १२
०३:२४

चितवनमा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम

सोमबार, माघ ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा  आज नेफ्स्कून अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।  नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले अध्यक्षता गर्नुभएको कार्यक्रममा संघकी सञ्चालक विद्या कोइराला,  जिल्ला सहकारी सघंका सञ्चालक सुशिला उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड चितवनका सञ्चालक ऋतु गिरी लगायतका अतिथिको उपस्थिति थियो ।  

कार्यक्रममा पूर्वी चितवन  क्षेत्रका विभिन्न साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि गरी ५३ जनाको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कून उपाध्यक्ष  शान्ति अधिकारीले नेफ्स्कूनको भूमिका तथा सेवा व्यवसाय, साकोस अभियान, स्तरीकरण कार्यक्रम, सञ्जाल सम्बन्ध र महत्व आदिका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनको सेवा बारेमा संघका कार्यक्रम अधिकृत सुरज चालिसेले प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी  फिल्ड कार्यक्रम अधिकृत यमकला सुबेदीले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र