बिहीबार, वैशाख १३
०९:३१

जापानी बचत ऋण सहकारीका पिता सोन्तोकु

आईतबार, माघ ४
रञ्जनमणि पौड्याल
saccosaawaj

एजेन्सी । सोन्तोकु निनोमिया–जापानी बचत तथा ऋण सहकारी अभियानका एफ डब्लु राइफाइसन हुन् । जर्मनीको ग्रामीण वित्तीय सहकारी अभियानको स्थापना र विकासमा राइफाइसनको जस्तो योगदान छ त्यति नै योगदान जापानी बचत तथा ऋण सहकारी अभियानको श्रीगणेशमा सोन्तोकुको छ । यी दुई वित्तीय सहकारीका अगुवाहरुबीचको समानता के छ भने उनीहरु दुबैले १९ औं शताब्दीमा वित्तीय सहकारी अभियानमा भूमिका खेले । दुवैको अवधारणाको आधार पारस्परिकता नै थियो । फैलावटका हिसाबले राइफाइसन बढी चिनिए भने सोन्तोकु जापानभित्र सीमित भए । 

सोन्तोकुलाई जापानी बचत ऋण सहकारी अभियानका पिता मानिन्छ । पारस्परिकतामा आधारित पहिलो वित्तीय सहकारी स्थापनामा सोन्तोकुको महत्वपूर्ण योगदान रहेको इतिहास छ । सोन्तोकुलाई दार्शनिक, कृषि अभियानका पथप्रदर्शक, अर्थविद् एवम् नैतिकवान व्यक्तित्वका रुमपा चित्रित गरिन्छ ।

सोन्तोकुले पारस्परिक सहयोगको नयाँ प्रणाली विकास गरेका थिए जसलाई  ‘गोजोको प्रणाली’ भनिन्थ्यो । जापानी भाषामा गोजोको अर्थ ५ वटा महत्वपूर्ण गुणहरु समाविष्ट भन्ने बुझिन्छ । ती गुणहरु परोपकारिता, न्याय, शिष्टाचार, बुद्धि विवेक र इमान्दारी रहेका छन् । यीनै गुणहरुलाई शिरोधार्य गर्दै जापानी वित्तीय सहकारीहरु स्थापित र सञ्चालित हुनुपर्छ भन्ने उनको मान्यता थियो ।

सोन्तोकुको जन्म सन् १७८७ को सेप्टेम्बर ४ मा कानागावा (हालको ओडावारा शहर) को एक कृषक परिवारमा पहिलो छोराको रुपमा भएको थियो । भीषण आँधीबेहरीका कारण उनले घर र जमीन गुमाउनुपर्यो । रोगका कारण उनको पिताको पनि निधन भयो । यसले गर्दा उनीमाथि पारिवारिक जिम्मेवारीको बोझ बढ्यो । उनले आफुभन्दा ठूलाहरुसँग लागेर कडा मिहेनतसाथ काम गरे ।

केही समयपछि उनको आमाको पनि निधन भयो । त्यसपछि एक जना काकासँग उनी बसे । जब उनी राती लालटिन बालेर पढ्थे तब उनका काका रिसाउदथे, बिना काममा तेल खर्च गरेको भनेर किनकि उनको काकाका लागि पढाई काम नलाग्ले शोख थियो । पढ्न रुचि राख्ने सोनतोकुले आफै मिहिनेत गरेर (रेपसीड) तेलको खेती गरे जसले गर्दा पढाइलाई निरन्तरता दिन सकियोस ।

उच्चवर्गका योद्धाहरुको परिवारमा (सामुराई) काम गर्दागर्दै उनले पारस्परिक सहयोगमा आधारित ‘गोजोको’ प्रणालीको अवधारणा प्रचलनमा ल्याए जसमा सामुराईहरुकोमा काम गर्ने कर्मचारीहरुले आफुले कमाएको रकम बचत गरेर आवश्यक पर्नेहरुलाई सहयोग गर्ने गर्दथे । यसैलाई आजको परिस्कृत बचत तथा ऋण सहकारी अभियानको नामले चिनिन्छ । गोजोको प्रणालीभित्र वित्तीय कारोबार मात्र नभई भविष्यको योजना निर्माणमा सल्लाह सुझाव दिने काम समेत गरिन्थ्यो ।

आफुले विकसित गरेको प्रणालीको बारेमा उनले भनेका छन्, “एउटा उच्च घरानीया सामुराई परिवारमा काम गर्दा त्यहाँ म जस्तै काम गर्ने अन्य कामदार साथीहरुले मसँग रकम सापटी माग्दथे । पछि तिर्न सक्ने आधार र सामर्थ्य नभएकाहरुलाई म सापटी प्रदान गर्न सक्दैनथे । यद्यपि, उनीहरुको दुःखसँग म परिचित किन थिए भने म पनि त्यही प्रकारको समस्याबाट गुज्रिरहेको थिएँ । उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने व्यग्र चाहना र सोचको परिणति थियो गोजोको प्रणाली ।”

चीनियाँ दाशर्निक कन्फुसियसले भने अनुरुपका ती ५ गुणहरु प्रत्येक मानिसले आफ्नो जीवनमा व्यवहारमा लागू गरेर देखाउनुपर्दछ भन्ने मान्यता सोन्तोकुको पनि थियो । गोजोको प्रणालीमा आबद्ध व्यक्तिहरुले ती ५ गुणहरुलार्य शिरोपर गरेर नै एकअर्कालाई सहयोग गर्नुपर्ने नियम बनाइएको थियो ।

बिस्तारै जब सोन्तोकुको बहुप्रतिभाशाली व्यक्तित्वको बारेमा प्रचार प्रसार भयो तब सामुराई अधिकारीहरुले लिदैं आएको जापानमा वित्तीय पुनरुत्थानको परियोजनाहरुको नेतृत्व लिन सोन्कोतुलाई आग्रह गरे । त्यसैगरी, कृषिमा परिवर्तनको लागि काम गर्न पनि उनलाई आग्रह गरियो । गाउँलेहरुसँग मिलेर इमान्दारीपूर्वक काम गर्दै जाँदा सोन्तोकु सफल हुँद गए । त्यसपछि उनले जीवनभर कृषि विकासका कार्यहरुमा आफुलाई समर्पित गरे । उनको मृत्यु सन् १८५६ नोभेम्बर १७ मा जापानको तोगिचीमा भएको थियो । उनको जीवनी र योगदानका सम्बन्धमा पुस्तक प्रकाशन र चलचित्र निर्माण समेत गरिएको छ ।


(एजेन्सीहरुको सहयोगमा)

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’