बिहीबार, वैशाख १३
०६:३७

' यो वर्षभित्र १५ वटा कोप सप सञ्चालन गर्छौं '

आईतबार, माघ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj
(सुदूर पूर्वी झापाको मेचीनगर ६, काँकरभिट्टामा २०५० साल फागुन २४ गते स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालको पुरानो र स्थापित सहकारी मध्येको एक हो । यस संस्था अन्तर्गत हाल ५ प्रकारको व्यवसाय सञ्चालनमा छः एनएमसी बैंकिङ, एनएमसी डेरी, एनएमसी एकीकृत नमूना कृषि फर्म, सहकारी पसल र एनएमसी टी इन्डस्ट्री । तीमध्येको चौथो व्यवसाय सहकारी पसल अर्थात् एनएमसी कोप सप आजभोली सदस्य र गैरसदस्यहरुको किनमेलको रोजाई बन्दै गएको छ । व्यस्तताको कारण एकैस्थानबाट रोजेखोजेका उपभोग्य सामानहरु सहज, सरल, विश्वसनीय र गुणस्तरीय रुपमा पाइने हुनाले पनि यस्ता पसलहरु राजधानी बाहिरका मुख्य शहरहरुमा पनि मानिसहरुको लागि आकर्षणको केन्द्र बन्दैछन् ।२०७६ जेठ १५ मा शनिश्चरेबाट शुरु भएको एनएमसी सहकारी पसल हाल ९ स्थानमा खुलेका छन् । करिब ६ करोडको कुल लागतमा सञ्चालित ती पसलहरुमध्ये हालै शनिश्चरेको पहिलो सहकारी पसल भ्रमण गरेर फर्किनुभएका नेफ्स्कूनका अनुगमन अधिकृत शौभाग्य भट्टराईले कुप सपका प्रशासनिक प्रमुख नवीन भण्डारी र शनिश्चरेस्थित एनएमसी कार्यालय प्रमुख बासुदेव खतिवडासँग पसलसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त प्रश्नोत्तर शैलीमा भलाकुसारी गर्नुभएको थियो ।  सम्पादक)

सहकारी पसल स्थापनको मुख्य उद्देश्य  के हो ?  सहकारीमार्फत रोजगारीको अवसर सिर्जना र सदस्यहरुलाई सहज, सुलभ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने नै हो हाम्रो मुल उद्देश्य । सहकारीहरु विशेष गरेर आफ्ना सदस्यहरुलाई सबै किसिमका सेवा सुविधा उपलब्ध गराउन सक्षम छन् भन्ने पनि हो ।

सहकारी पसलमा के कस्ता सामानहरु पाइन्छ?  खाद्यान्न, किचेनवेयर्स, कस्मेटिक, सामान्य कपडाहरु, ईलेक्ट्रिक सामानहरु लगायत दैनिक उपभोग्य वस्तुहरु पाइन्छन् ।

लगानी र व्यापार कस्तो छ ?  ९ वटा स्टोरमा ६ करोड लगानी गरेका छौं । चाडपर्वका बेला दैनिक १० देखि १५ लाख, अन्य समयमा औसतमा दैनिक ५ लाखको हाराहारीमा व्यापार हुन्छ ।

किनमेलका लागि सदस्यहरु कति आउनुहुन्छ ?  गैर सदस्यहरुको भ्रमण कस्तो छ ? लगभग बराबरी, सदस्यहरु आफ्नो अपनत्व गरेर, गैर सदस्य सामान सहुलियत मुल्यमा पाईने भएर आउनुहुन्छ ।

सदस्यहरुलाई के कस्ता छुट सुविधा छ ?  कार्ड प्रयोग गरेर छुट दिने भन्ने निर्णय बमोजिम सदस्यका लागि Membership Card बनाउन एक भारतीय कम्पनीलाई अर्डर गरेपनि लकडाउनका कारण ढिलाई भएको छ ।

कतिवटा स्टोर सञ्चालमा छन् ?  हाल ९ वटा सञ्चालित छन् । विर्तामोडमा एउटा Distribution Centre स्थापना भएको छ,उक्त  Distribution Centre  मार्फत अन्य स्टोरहरुमा सामानहरु पठाईने गरिएको छ ।

लक्ष्य के छ ?  यो वर्ष अरु थप गरेर कोप सपको संख्या १५  पुर्याउने लक्ष्य लिएका छौं ।

सामानहरुको गुणस्तर र मुल्य अन्य स्टोर भन्दा के फरक छ ?  बजारका अन्य पसलहरुमा भन्दा तुलनात्मक रुपमा सस्तो रहेको छ ।

अबको नयाँ योजना के छ ? संस्थाको अन्य व्यवसाय एवम् सदस्यहरुबाट उत्पादित वस्तुको बजारिकरण

कर्मचारी कति छन् ?  हाल ८८ जना कर्मचारी

सामानहरु कहाँ बाट ल्याउनुहुन्छ ? सदस्यहरुबाट प्याकेजिङ्ग गरिएका एवम् माग बमोजिम कोप सपको खरीद विभागबाट ।

सदस्यका उत्पादनहरु के कति र कसरी राख्नुभएको छ ? सदस्यहरुको थोरै मात्रामा छ । गैर सदस्यहरुबाट वा अन्यत्र बजारहरुबाट ल्याउने र तिनमा पनि स्थानीय स्रोत साधन  जनशक्तिको प्रयोग गरेर उत्पादित वस्तुहरुलाई विशेष जोड दिएका छौं ।

कोप मार्टहरु धेरै ठाउँमा खुल्दैछन् ?  प्रतिस्पर्धीहरु ठूला ठूला र लगानी धेरै छ यस्तोमा कसरी दिगो हुनसक्छ ? प्रतिस्पर्धी मूल्य, उपभोक्ताको विश्वास, ब्राण्ड चुनौतीहरु के छन् ?
 शुरुमा खरीद गरेका सम्पुर्ण सामाग्रीहरुको मुअक विजक नपाईने भएकाले अफ्ठेरो भएको थियो ।  अहिले उक्त समस्या समाधान भएको छ । कोप सप वरपरै त्यस्तै प्रकृतिको व्यापार व्ववसाय गरेर बस्ने कतिपय सदस्यहरुले संस्थाले हाम्रो व्यापार व्यवसायलाई असर पर्ने काम गरेको भनेर गुनासो गर्नुहुन्छ । अर्को हामीले बुझेको भनेको भारतीय सीमा क्षेत्रमा कोप सप सञ्चालन गर्दा त्यति प्रभावकारी नहुने रहेछ । उपभोक्ताहरु सबै भारतीय बजारमा सस्तो पाइने हुनाले त्यतै लाग्नुहुने पायौं । यद्यपि सदस्यहरुलाई सहजताका लागि र भविष्य हेरेर सीमा क्षेत्रमा पनि सप सञ्चालन गरेका छौं । स्थानीय सरकारबाट भने खासगरी लकडाउनका समयमा सहयोग पायौं ।

किनमेल गर्न आउनेहरुको गुनासोहरु के कस्ता छन् ? तिनको सम्बोधन कसरी हुन्छ ? गुनासो सुनुवाई पुस्तिका राख्नुभएको छ कि छैन ?

कोप सपमै, कतिपय सदस्यहरुले संस्थामा कारोबार गर्न आउँदा गुनासो सुनाउनुहुन्छ। सम्पुर्ण सामाग्रीहरु पाए सजिलो हुन्छ, नपाउने सामान लिन अर्को स्थानमा जान नपरोस भन्ने रहेको छ । हामी महिनामा २ पटक बैठक बस्छौं: ३ र १८ गते। ३ गतेको बैठकमा सञ्चालक लगायत कोप (सपका कर्मचारीहरु पनि रहने, त्यसै बैठकमा उठेका गुनासाहरुको जानकारी गराउने काम हुन्छ । १८ गतेको बैठकमा पनि समग्र अवस्थाको र किनमेल गर्न आउनेहरुको अपेक्षा र हाम्रो सम्भावनाको विषयमा तालमेल मिलाउने गरी सघन छलफल गरी कार्यान्वयनको जिम्मेवारी तोक्छौं ।

अन्यत्र डिर्पाटमेन्ट स्टोर र यसमा तात्विक अन्तर के छ?

सामाजिक उत्तरदायित्त्व लाई सिरोपर गर्दै धुम्रपान, मद्यपान, गुट्खा, सुपारीजन्य वस्तुको बिक्री गर्दैनौं । बजार मूल्य भन्दा कममा सामानहरु बिक्री गरेका छौं ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र