बुधबार, वैशाख १२
०९:२४

उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन

बुधबार, पुस २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा सञ्चालन गरेको उद्यमशिलता विकास सम्बन्धी तालिम र तत्पश्चात महिलाहरुद्वारा सञ्चालित नमूना परियोजनाको प्रभावकारीता सम्बन्धमा २  दिने स्थलगत अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ । उक्त अनुगमन निरीक्षणमा आइएलओका परामर्शदाता डा. प्रदिप उपाध्यायसँगै नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्य सहितको टोलीले ललितपुर र भक्तपुरका गरी २ बचत तथा ऋण सहकारी संस्थाका उद्यमी महिलाहरुले सञ्चालन गरेको उद्यमशिलता विकास सम्बन्धी कृषि परियोनाको सम्बन्धमा स्थालगत निरीक्षणका साथै समस्याहरुको बारेमा जानकारी लिएको हो ।

टोलीले देवीचौर, ललितपुरस्थित श्रीदेवी महिला साकोसमा अस्ति र भक्तपुरको नगदेशस्थित सहयोगी साकोसमा हिजो पुगेर तालिम लिएका महिला उद्यमीहरुसँग उहाँहरुको प्रयास, तालिमको प्रभावकारिता लगायतका विषयमा छलफल गरेको उद्यमशिलता उपसमिति संयोजक आचार्यले जानकारी गराउनुभयो । टोलीले ती संस्थाको पृष्ठभूमिबारे जानकारी सँगै महिला सशक्तिकरण, नेफ्स्कूनसँगको सहकार्य, तालिमको प्रभावकारिताका बारेमा विभिन्न जिज्ञासाहरु राखेको थियो ।  

उद्यमशिलता तालिम प्राप्त गर्नुभएका महिलाहरुले श्रमको हिसाब, लागत हिसाब, नाफा नोक्सान, व्यापार व्यवसाय छनौट विधि, स्तरीकरण, बजार अध्ययनका बारेमा धरै जानकारी प्राप्त गरेको टोलीलाई बताउनुभएको थियो ।

टोलीले उद्यमी सदस्यहरुले गरिरहेको कृषि कर्ममा बारेमा भक्तपुरमा स्थलगत भ्रमण समेत गरेको थियो । महिला उद्यमीहरुले बजारीकरण, तरकारी एम्बुलेन्सको आवश्यकता औंल्याउँदै त्यसका लागि नेफ्स्कूनको सहयोग र भूमिका खोजेको संयोजक आचार्यले साकोस आवाजलाई बताउनुभयो । यसैगरी, ललितपुर देवीचौरको श्रीदेवी महिला साकोसका तालिम लिनुभएका महिलाहरुले भैसीपालन र तरकारी खेतीसँग आफुलाई जोड्नुभएको थियो । उहाँहरुले कृषि र पशुपालनका लागि ठूलो लगानी आवश्यक भएकाले सहुलियत कृषि कर्जाका लागि टोलीमार्फत नेफ्स्कूनको ध्यानाकर्षण गराउनुभएको थियो । नेफ्स्कूनकी सञ्चालक एवम् उद्यमशिलता उपसमिति संयोजक आचार्यले २ दिनको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा महिला दिदीबहिनीहरुबाट प्राप्त सुझावहरुलाई आफुले सञ्चालक समितिको बैठकमा राख्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र