शुक्रबार, चैत्र १६
०५:४२

साझा प्रकाशनको गरिमालाई बचाउन समिति र कर्मचारी जिम्मेवार बन्नुपर्छ :  मन्त्री तुम्बाहाङफे

आईतबार, पुस २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिव माया तुम्बाहाङफेले साझा प्रकाशनको गरिमालाई बचाउन सञ्चालक समिति र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । साझा प्रकाशनको चौबिसौँ साधारणसभा कार्यक्रममा उहाँले कर्मचारीले प्रभावकारी ढङ्गले कार्यसम्पादन नगरेको पाइएको भन्दै आफूले प्रकाशनमा ल्याएको किताबका बारेमा बुझ्न खोज्दासमेत जानकारी पाउन नसकेको बताउनुभयो । “कर्मचारीको काम तलब थाप्ने मात्र होइन”, उहाँले भन्नुभयो, “कर्तव्यबोधका साथ काम गर्न नसक्नु ठूलो कमजोरी हो ।”

हिजो आयोजित कार्यक्रमा उहाँले साझा प्रकाशनमा विगतमा भएको भ्रष्टाचार र अनियमितताका कारण संस्था धरासायी हुने अवस्थामा पुगेको भन्दै अहिलेको नयाँ नेतृत्वले यसको विकासमा विशेष ध्यान पुर्‍याउनेमा आफू आशावादी रहेको बताउनुभयो । मन्त्री तुम्बाहाङफेले अहिलेको सङ्कटपूर्ण अवस्थामा सहयोग तथा अनुदानको जरुरत परे पनि यो संस्थालाई आत्मनिर्भर बनाउने दिशामा समिति र कर्मचारीको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

साझा प्रकाशनका नवनिर्वाचित अध्यक्ष विजय सुब्बाले साझालाई मरितुल्य अवस्थामा पुर्‍याउन अघिल्लो व्यवस्थापन बढी जिम्मेवार रहेको बताउनुभयो । “मैले चलाएको भ्रष्टाचार विरोधी अभियानमा मिडियालगायत विभिन्न पक्षले निकै साथ दिए”, उहाँले भन्नुभयो, “संस्थालाई ध्वस्त बनाउनेलाई मिल्काउन सफल भएका छौँ, अब संस्थाको मुहार फेरिने कुरामा शङ्का गर्नुपर्दैन ।” उहाँले संस्थालाई कमजोर बनाउने कर्मचारीले अब छुट नपाउने भन्दै सच्चिएर अघि बढ्न निर्देशनसमेत दिनुभयो । कार्यक्रममा महाप्रबन्धक, होम गौतम, सञ्चालक समिति सदस्य डिपी अर्याल, साझा प्रकाशनका पूर्वअध्यक्ष डा विष्णुविभु घिमिरे, साझाका निवर्तमान अध्यक्ष श्यामबहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र