बिहीबार, चैत्र १५
०२:५७

जनसचेतनको अध्यक्षमा चौलागाई

आईतबार, पुस २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । दोलखास्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारणसभा नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ । हिजो सम्पन्न २५औं साधारण सभाले हेमन्त चौलागाईको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो । संचालक समितिको बरिष्ठ उपाध्यक्षमा गोपालध्वज श्रेष्ठ, महिला उपाध्यक्षमा स्वंस्थानी कुंवर, सचिबमा कमलबहादुर दाहाल, सहसचिवमा शिवराम ढकाल र कोषाध्यक्षमा भरत केसी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा शरदचन्द्र सापकोटा, शेरबहादुर भुजेल चयन हुनुभएको छ । सभाले मिनप्रसाद दहालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन हुनुभएको छ । संस्थाका अध्यक्ष भिमप्रसाद दहालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा  वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सम्पन्नसभामा संस्थाको आर्थिक वर्ष ०७६र०७७को बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । संस्थाले विभिन्न २४ प्रकारको बचत सेवाहरु र १४ प्रकारमा ऋण सेवा प्रदान गरेको जनाइएको छ ।

संस्थाले निःशुल्क रूपमा मोबाईल बैंकिङ, सदस्य सुरक्षा कोष, मनि ट्रान्सर्फर, ईलेक्टोनिक्स पेमेन्ट, लघुवित्त सेवा, छात्रवृत्ति, स्वास्थ उपचार, किरिया खर्च, आजिवन साहारा भत्ता लगाएत १३ प्रकारका विभिन्न गैरवित्तिय सेवाहरु प्रदान गर्दै आएको सभामा जानकारी गराइएको छ । दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको जिल्लाको सबैभन्दा ठूलो संस्थामा हाल २८ हजार ६ सय ७७ जना सदस्य रहेका छन भने ४७ जना कर्मचारी तथा १४ वटा सेवाकेन्द्र रहेका छन् । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र