बिहीबार, वैशाख ६
११:१८

भारतको सेवा सहकारीले 'सहकारी शक्तिकरण परियोजना' शुरु गर्ने

मंगलबार, पुस २१
एजेन्सी
saccosaawaj

एजेन्सी । भारतस्थित महिलाहरुको ठूलो सहकारी 'सेवा सहकारी संघ' ले कोभिड १९ को चपेटामा परेका महिलाहरुले सञ्चालन गरेका र अन्य सहकारीहरुलाई व्यवसाय पुनरुत्थानका लागि नयाँ परियोजना सुरु गर्ने भएको छ । 'सहकारी शक्तिकरण' नाम दिइएको उक्त परियोजनाले कोभिड महामारीका कारण मारमा परेका व्यवसायहरुलाई पुँजी बाहेक सक्षमता तथा सीप विकासका क्षेत्रमा सहयोग पुर्याउने छ । उक्त परियोजनाले स्वास्थकर्मीहरुलाई मनोसामाजिक हेरचाह तथा मानसिक स्वास्थ्य सम्बन्धी तालिम पनि उपलब्ध गराउने जनाइएको छ ।

भारतमा रोजगारीमा संलग्नहरुमध्ये ९३ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न रहेको र तिनमध्ये महिलाहरु अत्यधिक रहेको तथ्यांकले देखाउँदछ । सन् १९७२ मा इलाबेन भट्टले स्थापना गरेको Gujarat State Women’s SEWA Co-operative Federation’s (सेवा) ले यही अनौपचारिक क्षेत्रमा संलग्न महिलाहरुलाई आफ्नो संघमार्फत संगठित गर्ने काम गर्यो । हाल भारतका १८ वटा राज्यमा गरी सेवामा कुल १८ लाख महिलाहरु आबद्ध छन् । यसले महिलाहरुको सामाजिक रुपान्तरणका लागि महिला आन्दोलन, श्रम आन्दोलनसँगै सहकारी र आर्थिक सशक्तिकरणमा जोड दिन्छ ।

सेवा अन्तर्गतको सेवा सहकारी संघले महिलाहरुको सामूहिक सामाजिक उद्यम विकासका क्षेत्रमा विशेष जोड दिन्छ । सेवा संघ अन्तर्गत १ सय ६ वटा महिला सहकारीहरु छन् । ती सहकारीहरुका मालिक र श्रमिक दुवै महिलाहरु हुन् । एक महिला एक भन्दा धेरै सहकारीको सदस्य बन्न सक्छिन् । प्रत्येक सहकारी प्रजातान्त्रिक पद्धति अनुरुप सञ्चालित हुन्छ । ती सहकारीहरुमध्ये सबैभन्दा ठूलो सेवा बैंक हो जसमा हाल १ लाख २४ हजार सदस्य छन् ।
सेवा अन्तर्गत सञ्चालित सहकारीहरुलाई मूलतः ६ समूहमा विभक्त गर्न सकिन्छः
महिला कृषकहरुको भूमि सम्बन्धी सहकारी
कालिगड महिलाहरुको सहकारी (घर बनाउन प्रयोग हुने ब्लक बनाउने कामदारहरु, खेलौना बनाउनेहरु, आदि)
दुग्ध सहकारी
बचत तथा ऋण सहकारी
व्यापार तथा निर्यात सहकारी
सेवा प्रवाह सम्बन्धी सहकारी (क्याटरिङ, घरेलु कामदार, सरसफाइ कामदार, इत्यादि)

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।