मंगलबार, वैशाख ११
०२:५२

सहकारी विभागद्वारा देशभरका सहकारीको तथ्याङ्क सार्वजनिक; मुलुकभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था

सोमबार, पुस २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी विभागले देशभरका सहकारीको तथ्यांक सहितको अध्ययन निष्कर्ष आज सार्वजनिक गरेको छ । विभागको उक्त निष्कर्ष अनुसार देशभर सहकारीको संख्या घटेपनि कारोबार र सदस्यको संख्यामा वृद्धि भएको छ । विभागले सातै प्रदेश र स्थानीत तहसँगको सहकार्यमा २०७७ साउनदेखि कार्तिक सम्म गरेको अध्ययन अनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरु, २० विषयगत केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक,  ७० जिल्ला सहकारी संघ र २ सय ४१ विषयगत जिल्ला सहकारी संघ क्रियाशील रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

देशभर सहकारीमा कुल शेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड बचत रहेको छ । अध्ययन अनुसार सहकारीले ४ खर्ब २६ अर्ब २६ करोड लगानी गरेका छन् । सहकारीमार्फत ८८ हजार ३ सय ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सहकारी विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा सहकारीको कारोबार र सदस्य संख्यामा वृद्धि भएको देखाएको हो । सहकारीको अभिलेख स्थानिय र प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि संघिय विभागले तीन वर्षपछि सहकारीको तथ्यांक सार्वजनिक गरेको हो । २०७४ असार मसान्तसम्ममा ३४ हजार ५१२ सहकारीले करिव ७ खर्व कारोबार गरेका थिए ।

तीन वर्षको अवधिमा सहकारी संस्थाको संख्या ४ हजार ६४४ संस्था घटेका छन् । यस अवधिमा सहकारीमा आवद्ध सर्वसाधारणको संख्या १० लाख थपिएको छ भने कारोबार पनि तीन खर्व बृद्धि भएको छ ।  कुल सहकारीमध्ये संघीय सरकार अन्तर्गत १२५,  प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७५९ वटा संस्था छन् । सबैभन्दा बढि सहकारीको बाहुल्यता बाग्मती प्रदेशमा देखिएको छ । कुल संस्थाको एक तिहाई र कुल कारोबारको आधा हिस्सा यसै प्रदेशमा रहेको छ ।

२७ लाख १७ हजार सदस्य रहेको यस प्रदेशका सहकारीले ५१ अर्ब ४० करोड सेयर पुँजी तथा २ खर्ब १४ अर्ब ६६ करोड बचत संकलन गरी १ खर्ब ९९ अर्ब ८६ करोड ऋण लगानी गरेका छन् । यस्तै सबैभन्दा कम सहकारी कर्णाली प्रदेशमा एक हजार ९७६ संस्था रहेका छन् । यी संस्थामा ४ लाख ४ हजार ९५६ जना सदस्य रहेकामा सेयर पुँजी १ अर्ब ९१ करोड, बचत ८ अर्ब ८६ करोड, ऋण लगानी ७ अर्ब ९२ करोड रहेको विभागले जनाएको छ ।

यसैगरी प्रदेश १ मा ४ हजार ७३७ सहकारीमा ९ लाख ३५ हजार सदस्य रहेका छन् । यी सहकारीले ८ अर्ब २० करोड सेयर पुँजी तथा ४१ अर्ब २१ करोड बचत संकलन गरी ३८ अर्ब ९५ करोड ऋण लगानी गरेका छन् । प्रदेश २ मा ४ हजार १५३ सहकारीले ५ लाख ५५ हजार १९७ सदस्यबाट २ अर्ब ३६ करोड सेयर, २३ अर्ब १९ करोड बचत र १५ अर्ब ५ करोड ऋण लगानी गरेका छन् । गण्डकी प्रदेशमा २ हजार ६७१ सहकारीमा ११ लाख १६ हजार ६३२ जना सदस्य आवद्ध छन् । यी संस्थामा २२ अर्ब ५ करोड सेयर, ८६ अर्ब ७ करोड ४५ लाख बचत र ८८ अर्ब ३७ करोड ८० लाख ऋण लगानी रहेको छ ।

लुम्बिनी प्रदेशमा ३ हजार ७५५ सहकारीमा ८ लाख ९८ हजार ६११ सदस्य मार्फत ५ अर्ब ८२ करोड सेयर, ५९ अर्ब ९६ करोड बचत संकलन र ४० अर्ब ८० करोेड ऋण लगानी गरेका छन् । यसैगरी सुदुरपश्चिम प्रदेशमा सहकारीको संख्या २ हजार ६० रहेको छ । यी संस्थाहरुले ५ लाख ४२ हजार ९८९ सदस्यमार्फत २ अर्ब १ करोड ५० लाख सेयर, १० अर्ब ४४ करोड बचत र ११ अर्ब ४९ करोड ऋण लगानी गरेका छन् । सहकारी संघ संस्थाको एकीकरण भएको तथा कतिपय संस्था निष्क्रिय रहेको कारण संख्या घटेको विभागले जनाएको छ ।


saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र