बिहीबार, वैशाख १३
११:३०

सहयात्रीको १५औं बार्षिक साधारणसभाः खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

आईतबार, पुस १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गर्दै काठमाडौं मिनभवन स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. को १५औं बार्षिक साधारणसभा तथा स्थापना दिवस आज सम्पन्न भएको छ । 

साधारणसभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती प्रमुख अतिथि, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाई र सहकारी बैंक बानेश्वर शाखा प्रमुख बिष्णु गिरि लगायतको विशेष आतिथ्यता रहेको थियो । 

सहकारी बैंकका अध्यक्ष केबी उप्रतीले काठमाडौं तथा देशभरका लघुबित्त कार्यक्रम सञ्चालन गर्ने यस संस्थाको आफ्नै परिस्कृत पद्धति सहितको पाठशाला भएको र स्थापना देखि नै संस्थालाई नजिकबाट नियाल्ने अवसर मिलेको विचार व्यक्त गर्दै साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो । उहाँले पुँजीको पर्याप्ततामा निश्चिन्त हुन र सहकारी मुल्य मान्यता र पारदर्शी कारोबार गर्न आश्वासन दिनुभएको थियो । 
 
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले संस्थालाई स्तरीकरण कार्यक्रममा आवद्धता मार्फत गुणस्तर सुनिश्चितता कायम गर्न र  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सीप र प्रशिक्षणमा सहभागी भई आधुनिक प्रबिधि तर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभएको थियो । सहकारीमा महिला लघुबित्तको अन्तर्राष्ट्रिय अनुभव र प्रबिधि हस्तान्तरणमा  नेफ्स्कूनले पुलको भुमिका निर्बाह गर्नसक्ने बताउँदै सदस्यहरुको उद्यमशिलता प्रवर्द्धन गरि स्वरोजगार अभिबृद्धीमा लाग्न अनुरोध गर्नुभयो । उहाँले नवनिर्वाचित सञ्चालक समितिको क्षमता अभिबृद्धि (CUDCC)तालिम अबिलम्ब आयोजना गर्न र चारबर्षे रणनीति योजना तर्जुमा गरि अघि बढ्न निर्देश गर्नुभयो ।  

महासंघका संचालक टेक प्रसाद चौलागाईंले संस्थाको स्थापना देखि प्रत्येक गतिविधिमा नजिकबाट सम्लग्न रहँदै आएको अनुभव साट्दै संस्थाको उन्नती प्रगतिप्रति खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सदस्यहरुलाई सधै सकारात्मक र खुसी बन्न उत्प्रेरित गर्दै स्वरोजगार र उद्यमशिलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 

साधारणसभाले खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

साधारणसभाले गोपिनाथ घिमिरेको संयोजकत्वमा नबदुर्गा ढुंगेल र जुना डागी को निर्वाचन समितिद्वारा खेमराज सुबेदीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र महेश प्रसाद सुबेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।  उपाध्यक्षमा नृपेन्द्र श्रेष्ठ, सचिव सुमन कर्ण, कोषाध्यक्ष सन्तोष सापकोटा र सदस्यहरुमा शिलाशोभा श्रेष्ठ, रिता भट्टराई र बिष्णु गिरि सर्बसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी महेश प्रसाद सुबेदीको संयोजकत्वमा लिलाहरी उपाध्याय र चिना भट्टराई सदस्यमा चयन हुनुभएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र महासंघका सञ्चालक टेक प्रसाद चौलागाईंले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र