बुधबार, वैशाख १२
०६:५५

तरकारी फलफूलको २१औं बार्षिक साधारणसभा शुभारम्भ

आईतबार, पुस १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कालिमाटी स्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि.को २१औं बार्षिक साधारणसभा हिजो शनिवारबाट शु्रु भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै पौष १८ देखि २० गतेसम्म सदस्य उपस्थिति सहित साधारणसभाको शुभारम्भ गरेको संस्थाले पहिलो दिन शनिवार मात्रै चार सय सदस्य उपस्थिति गराएको छ ।
 
शनिवार विहान साधारणसभाको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले काठमाडौंमा पाको सहकारीको नामले चिनिने तरकारी फलफुल साकोस सदस्य र कारोबारका हिसाबले ठूलो बन्दै गएकोले अब गुणस्तर सुनिश्चितताको विषयलाई पनि विशेष जोड दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले संस्थागत फैलावटसँगै एकीकरणलाई पनि जोड दिन आव्हान गर्दै सहकारीको गुणस्तर सुनिश्चित गरी वित्तीय सुरक्षा र दिगो संस्था निर्माणका लागि संस्थाका सबै संरचनाहरुलाई मजबुद बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

संस्थाका अध्यक्ष उज्वल कार्कीले सहकारी संस्थाको सेवा विस्तार गर्ने उद्देश्यसहित काठमाडौं जिल्लाभर सदस्यता बृद्धिको अभियान शु्रु गरिने, कार्यलयका लागि सहज हुने ठाउँमा भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइने बताउनुभएको थियो । साथै सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था अनुरुप नै कार्य गर्ने गरी सहकारी संस्थाहरुको एकिकरण प्रक्रिया अगाडि बढाइएको र सहकारी संस्थाको जोखिम मूल्याङ्घन र चुस्त व्यवस्थापनका लागि नेफ्स्कूनले सञ्चालनमा ल्याएको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (ऋग्च्द्यक्) आबद्धता निरन्तरता गरिएको बताउनुभयो ।
 
१४ सय ९२ शेयर सदस्यहरुमार्फत करिब ५२ करोड ५३ लाखको कारोबार रहेको उक्त संस्थाको शेयर पूँजी ५ करोड ९५ लाख, बचत ३४ करोड,  ऋण लगानी ३४ करोड, जगेडा कोष ५ करोड छ भने यस बर्ष संरक्षित पुँजी फिर्ता कोषका लागि ४१ लाख छुट्याएको साकोसले सदस्यहरुलाई १५ प्रतिशत बोनश वितरण गर्ने जनाएको छ । 

कोभिड महामारीको समयमा पनि सदस्य सेवा निरन्तरतालाई जोड दिँदै आएको साकोसले सदस्यहरुलाई सहुलियत कर्जा सुविधा उपलब्ध गराएको, सदस्यहरुमाझ बचत, ऋण, शेयरमा भएको थपघटको बारेमा निरन्तर सूचित गरिएको, तालिम तथा शिक्षाका कार्यक्रमहरुमा जोड दिइएको, जेष्ठ सदस्य एवम् एकल सदस्यहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको लगायतका सस्थाले गरेका सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमहरुको बारेमा संस्थाका व्यवस्थापक विमला बस्नेत (पुडासैनी) ले कुराकानीका क्रममा साकोस आवाजलाई जानकारी गराउनुभएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र