बिहीबार, वैशाख १३
०६:५३

नेफ्स्कून र रौतहटको चन्द्रपुर नगरपालिकाबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता

आईतबार, पुस १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चन्द्रपुर, रौतहट । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)  र प्रदेश नं २ को रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयबीच नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ ।  आज सम्पन्न सम्झौतामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले हस्ताक्षर गर्नुभएको छ । यस कार्यक्रम कार्यान्वयन नेफ्स्कूनले गर्नेछ ।

सम्झौतामा चन्द्रपुर नगरपालिकाको सहकारी इकाई हेर्ने महिला विकास निरिक्षक चन्द्रकला बराल, नेफ्स्कूनको फिल्ड कार्यालय उप समिति सदस्य विभु कुमार पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव देव बहादुर सापकोटा, सर्लाही फिल्ड कार्यालयका इन्चार्ज राजेन्द्र ढकाल र नेफ्स्कूनको अधिकृत शौभाग्य भट्टराईको सहभागिता थियो । नेफ्स्कूनले स्थानीय निकायसँगको साझेदारी एवम् बहुपक्षीय सहभागितामा आधारशिला कार्यक्रम सञ्चालन गर्ने घोषणा आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा गरेको थियो ।

सोही अनुरुप विभिन्न स्थानीय निकायहरुसँग उक्त कार्यक्रम कार्यान्वयनका लागि छलफल भैरहेको छ भने केही स्थानीय तहले आधारशिला कार्यक्रम सहकारीहरुको विश्वसनीयता र गुणस्तरीयतासँगै सुशासन अभिवृद्धिका लागि अत्यन्तै महत्वपूर्ण हुने भन्दै कार्यान्वयनको तदारुकता देखाएका छन् । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र