बिहीबार, वैशाख १३
०४:४८

तालिम तथा शिक्षाको माध्यमबाट गुणस्तरीय सेवा प्रवाहमा जोड

शुक्रबार, पुस १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपालगञ्ज । लुम्बिनी प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष एवम् बाँके बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीले बचत तथा ऋण सहकारी सञ्चालनमा नीति, विधि र प्रविधि प्रयोगमा विशेष ध्यानदिनुपर्ने बताउनुभएको छ । नेपालगञ्जमा पौष १४ देखि १६ गतेसम्म सञ्चालनमा रहेको पल्र्स अनुगमन प्रणाली तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले सहकारी संस्थाको जोखिम न्यूनीकरण गरी तालिम तथा शिक्षाको माध्यमबाट स्तरीकृत संस्था सञ्चालन र गुणस्तरीय सेवा प्रवाहमा विशेष जोड दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभएको थियो । 

बाँके र बर्दिया जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको तीन दिवसीय उक्त तालिममा १९ ओटा साकोसहरुबाट २२ जनाको सहभागिता रहेको थियो ।

नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य प्रेम बहादुर शाहको अध्यक्षता रहेको तालिम सत्रमा नेपालगञ्ज ब्यवस्थापन उप–समिति सदस्य मिना सिग्देल, नेत्र प्रसाद सापकोटा, नेफ्स्कूनका सदस्य सेवा ब्यवस्थापन उप–समिति सदस्य नवराज न्यौपाने लगायत सहकारी अभियानकर्मीहरूको उपस्थिति रहेको थियो । तालिम हिजो सम्पन्न भएको थियो । 

तालिम सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुगाना, गणेश प्रसाद रेग्मी र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण