शुक्रबार, चैत्र १६
०५:३९

रोचडेलका अगुवाहरुसँगै विश्व सहकारी इतिहास जान्न पढ्नै पर्ने पुस्तक

सोमबार, पुस १३
रञ्जनमणि पौड्याल
saccosaawaj

 एजेन्सी । सहकारी क्षेत्रमा समर्पित जो कोहीले पनि सुनेको र थोरबहुत जानेको नाम हो 'रोचडेल इक्विेटेबल पायोनियर्स सोसाईटी' र यसका २८ जना अगुवाहरु । सहकारीको कखगघको सुरुवात रोचडेलको इतिहासबाट हुन्छ । विश्वको पहिलो सहकारीका रुपमा चित्रित रोचडेल सहकारी पसल र यसक अगुवाहरुसँगै सहकारी अभियानको इतिहास खोतल्ने प्रयास लेखक डेभिड जे. थमसनले गर्नुभएको छ Weavers of Dreams: Founders of the Modern Co-operative Movement पुस्तकमार्फत ।

उक्त पुस्तकको पहिलो संस्करण सन् १९९४ मा प्रकाशित भएको थियो । बेलायतको म्यानचेस्टर शहरस्थित टोड लेनमा २८ जना श्रमिक अगुवाहरुले स्थापना गरेको विश्वको पहिलो सहकारी पसल (यद्यपि यसमा पनि मत विभाजित पाइन्छ) सञ्चालनको १ सय ५० वर्ष पुगेको अवसरमा पुस्तक प्रकाशित गरिएको थियो ।  यसको दोस्रो संस्करण २०१२ जनवरी १ मा प्रकाशित भएको थियो । अंग्रेजी भाषामा प्रकाशित पुस्तकमा कूल १ सय ५२ पृष्ठ रहेको छ । दरिलो सैद्धान्तिक आधारसहित उपभोक्ता सहकारी मोडेलमा सञ्चालित उक्त पसल र त्यसका अगुवाहरुका बारेमा पुस्तकमा विस्तृत रुपमा उल्लेख गरिएको छ । उनीहरुको अभियानले आज विश्व अर्थतन्त्रको स्वरुपमै परिवर्तन गरेको छ ।

रोचडेलको सहकारी पसल स्थापना भएको २ दशकभित्रमा उत्तरी इंगल्याण्डमा सैयौं सहकारी पसलहरु सफलतापूर्वक सञ्चालनमा आएको लेखक थमसनको दाबी छ । सहकारी अभियानको लोकप्रियताकै कारण तात्कालीन बेलायत आधुनिक प्रजातन्त्रको रुपमा परिवर्तित भएको दाबी पुस्तकमा गरिएको छ । बेलायतसँगै अमेरिकामा पनि केही हदसम्म श्रमिकहरुलाई आफ्ना हक अधिकारका लागि एक हुन, उनीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्न, महिला अधिकार, गुणस्तरीय खाद्यवस्तुको उपलब्धता, आवासको व्यवस्था लगायतका अत्यावश्यक सुधारका कार्यमा राजनीतिक दल र त्यसका अगुवाहरुलाई लाग्न सहकारीमार्फत चेतना प्राप्त भएको लेखक थोमसनले बताउनुभएको छ ।

उपभोक्ता सहकारीपछि बिस्तारै बेलायतमा हाउजिङ सहकारी तथा सामुदायिक विकासको काम प्रारम्भ भएको थियो । थमसन दाबी गर्नुहुन्छ बेलायतमा आम नागरिकको पहुँच पुगेको आवास तथा बस्ती निर्माणको काममा वित्तीय सहयोग र निर्माण कार्यमा श्रमिकहरुले सहकारी मोडेल अपनाएका थिए । सहकारीको इतिहास विश्लेषण गर्ने हो भने यो दुरगामी महत्व राख्ने र सबैको हित हुने किसिमको प्रणालीको रुपमा मान्यता पाएको ठहरिन्छ । विश्वमा थुप्रै सहकारी र बचत ऋण सहकारी (क्रेडिट युनियन) हरु सफल भएको प्रमाण भेटिन्छ । यसैगरी, कृषि, उत्पादन, होलसेल तथा खुद्रा पसलसँगै विभिन्न प्रकृतिका सहकारीहरु स्थापित हुँदै गएको पुस्तकमा उदाहरणहरु समेत प्रस्तुत गरिएको छ । उदाहरणको रुपमा स्पेनको बास्क क्षेत्रमा अवस्थित मोनड्रयागन सहकारीको चर्चा गरिएको छ । पुस्तकमा रोचडेलका २८ अगुवाहरुलाई साँच्चिकै सहकारी अगुवाका रुपमा चित्रित्र गरिएको छ । सहकारीले प्रविधि र बेलायती समाजमा ल्याएको परिवर्तनका सम्बन्धमा समेत पुस्तकले प्रकाश पारेको छ ।

 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।