शुक्रबार, वैशाख ७
०७:२२

रामेछाप जिल्ला बचत संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न

शनिबार, पुस ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रामेछाप ।  रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मन्थली रामेछापको १३ औं वार्षिक साधारणसभा तथा नेफ्स्कूनको सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम आज मन्थलीमा सम्पन्न भएको छ । संघका अध्यक्ष जगन्नाथ दहालको अध्यक्षता तथा नेफ्स्कूनका संचालक तथा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिब जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य पूर्ण बहादुर महत, संघका पूर्व अध्यक्षहरु सोमेश थापा, गोविन्द घिमिरे, जिल्ला सहकारी संघ लि.का अध्यक्ष हिमाल ढुंगेल नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, उद्योग वाणिज्य संघ रामेछापका सचिव सुरेश उदाश लगायत अतिथि सहभागी हुनुहुन्थ्यो ।

नेफ्स्कूनको सेवा तथा अभिमुखीकरण कार्यक्रमको सहजीकरण व्यवसाय अधिकृत समिट खड्काले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले सहकारीहरुले राज्यको नीति नियम तथा कानुनको पालना गरी सुशासन कायम गर्नु पर्ने  बताउनुभयो । नेफ्स्कूनमा आवद्ध नभएका संस्थाहरुलाई आबद्ध भई  क्षमता तथा बृद्धि विकासका लागि नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आवद्ध हुन उहाँले अनुरोध समेत गर्नुभयो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र