शुक्रबार, वैशाख ७
०६:२३

ओकूद्धारा कार्यपत्र प्रस्तुतिका लागि विषयविज्ञ माग

शुक्रबार, पुस १०
एजेन्सी
saccosaawaj

एजेन्सी । विश्व ऋण परिषद् (ओकू) ले सन् २०२१ म हुने वार्षिक सम्मेलनमा वित्तीय सहकारीका समसामयिक मुद्दाहरुमा कार्यपत्र प्रस्तुतिका लागि विषयविज्ञहरुबाट प्रस्ताव माग गरेको छ । कोभिड १९ का कारण अर्को अंग्रेजी वर्ष (सन् २०२१) को जुलाई १४ देखि २१ सम्म आयोजना हुने सम्मेलन यो पटक भर्चुअल रुपमा आयोजना गरिने ओकूले जनाएको छ । सोही सम्मेलनका लागि वित्तीय सहकारीहरुको जल्दाबल्दा विषयहरुका कार्यपत्र प्रस्तुतिका लागि ओकूले विषय विज्ञहरुबाट प्रस्ताव आब्हान गरेको हो ।

उक्त सम्मेलनमा विभिन्न ३० वटा शैक्षिक सत्रहरु आयोजना गरिने कार्यक्रम छ । ओकूले वित्तीय सेवाको भविष्य, प्रविधिमा परिवर्तन, फिनटेक, बजारीकरण तथा स्तरीकरण, सदस्य सेवा, साइबर सुरक्षा र विविधता, समता तथा समावेशिताको मुल शीर्षकहरुमा आधारित रहेर आफुले गर्ने प्रस्तुतिका सम्बन्धमा आगामी मार्च १९ सम्म प्रस्ताव पेश गर्न ओकूले आग्रह गरेको छ । ओकूले माथिका मुल शीर्षकहरुबाहेक वित्तीय सहकारीका अन्य समसामयिक विषयमा पनि कार्यपत्र प्रस्तुत गर्न सकिने जनाएको छ । यो अवसरका कारण विश्वभरिका सहकारी विज्ञहरुबाट नवीन विचार र सम्भावाहरुको खोजी हुने अपेक्षा ओकूले गरेको छ । यसले वित्तीय सहकारीको भविष्य निर्धारणमा अहम भूमिका खेल्ने ओकूको दाबी छ ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।