शुक्रबार, वैशाख १४
०१:०९

भक्तपुर जिल्ला बचत संघको १६ औं बार्षिक साधारण सभाको विस्तारित बैठक सम्पन्न

बिहीबार, पुस ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

 भक्तपुर । भक्तपुर जिल्ल्ला बचत तथा ऋण सहकारी संघ लि.को १६ औं बार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी सूचना तथा महामारीमा साधारणसभा संचालन कार्यविधि २०७७ बमोजिम २००७ पुष ३ गते देखि पुष ११ गते सम्पन्नको अवधि तोकेर सञ्चालन भइरहेको छ । २०७७ पुष ११ गते सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेको प्रमुख आतिथ्यतामा र सदस्यहरुको भर्चुअल सहभागितामा सम्पन्न गर्ने गरी कार्यक्रम तय गरिएको छ । साधारण सभा व्यवस्थापन कार्यदलले साधारण सभाको बारेमा जानकारी तथा प्रस्तावित विषयमा छलफल तथा राय सुझाव संकलन गर्ने उद्देश्यले भक्तपुर नगरपालिका तथा चाँगुनारायण नपामा आबद्ध सदस्य संस्थाहरुको २०७७ पुष ६ गते विस्तारित बैठक साधारणसभा व्यवस्थापन कार्यदलका संयोजक हरि बल्लको सभापतित्वमा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न गरियो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघले अन्तरलगानी, तालिम र अभियानको क्षेत्रमा निरन्तर लागिरहेको कुरा बताउर्दै महामारीको अवस्थामा समुदायमा आधारित सहकारी संस्थाहरु संयमित भएर अगाडि बढ्नुपर्ने कुरा बताउनु भयो । उहाँले महामारीमा सहकारीलाई सिध्याउने तरिकाले वित्तीय संस्थाहरुले व्यवहार गरिरहेको र सहकारी ऐन नियम समुदायमा आधारित सहकारीको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो । 
संघका सचिव जगनाथ प्रजापतिले संचालक समितिको तर्फबाट आ.व. २०७६।७७ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । संघका कोषाध्यक्ष कान्छा भक्त घःजुले आ.व. २०७६।७७ मा कुल वासलात १ अर्व २ करोड ९९ लाख ६८ हजार र कुल नाफा १ करोड ४४ लाख ४३ हजारकोे आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । वहाँले विशेष ऋणा ९ प्रतिशतमा रु.१ करोड ५० पचास रुपैंया, विना धित्तो ऋण रु. ६० लाख सम्म प्रदान गर्ने प्रस्ताव पेश गर्नु भयो । संघका उपाध्यक्ष हरि बल्लले बैठकमा उपस्थित प्रतिनिधिलाई धन्यवाद दिदैं साधारणसभामा पेश भएका प्रतिवेदनहरु अध्ययन गरि सुझाव पेश गर्नु अनुरोध गर्नुभयो । बैठकको संचालन संघका व्यवस्थापक बालकृष्ण धोजुले गर्नुभयो । बैठकमा ५२ जना प्रतिनिधिको उपस्थिति थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र